बेलायतलाई युरोपेली युनियन मै रहन सुझाव

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ८ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायतलाई युरोपेली युनियन मै रहन सुझाव दिएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले यस्तो सुझाव दिएका हुन् । बेलायतमा सन् २०१७ मा जनमत संग्रह हुने छ । जनमत संग्रहमा बेलायत युरोपेली युनियनको सदस्य हुने या नहुनेबारे बेलायती जनताले मतदान गर्नेछन् ।
अमेरिकी राष्ट्रपति ओबामाले विश्वमा आफ्नो प्रभावलाई बेलायतले कायम राख्ने हो भने ऊ युरोपेली युनियनमै रहनुपर्ने तर्क गरे ।
ओबामाले अमेरिकामा बन्दुक प्रयोगसम्बन्धी कानुनमा सुधार गर्न नसक्नु आफ्नो कार्यकालको सबैभन्दा ठूलो कमजोरी भएकोसमेत बताए । आफूले प्रस्ताव गरेको बन्दुक सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पास गराउन नसकेकोप्रति आफूलाई सधैं पछुतो भइरहने उनको भनाई थियो ।
अमेरिकामा साना तथा घरेलु हतियारको प्रयोगबाट सामुहिक हत्याका घटनामा बृद्धि भइरहँदा पनि यसलाई बन्देज लगाउने वा नियन्त्रण गर्नेसम्बन्धी कानुनी सुधार हुन सकेको छैन । आम नागरिकको सुरक्षाको लागि बन्दुक प्रयोगसम्बन्धी कानुन पास गर्न फेरि प्रयास गर्ने बताए पनि राष्ट्रपति ओबामा कानुन पास हुनेमा भने विश्वस्त छैनन् । – एजेन्सी

प्रतिक्रियाहरु