बेच कति बेच्नु छ बेच – एन बि हमाल

२०७५ असार ७ गते, बिहीबार

बेच्न मात्रै जान्यौ ,कहिले किन्न जानेनौ !
हाम्रो देश्को स्वाभिमान कति छ भनेर चिन्न जानेनौ !!

बेच्यौ चेली कोठिमा बेच्यौ देश्का खोली।
बेच्यौ नागरिक डिभी चिट्ठामा भर्यौ आफ्नै झोली !
बेच्यौ धर्म पैसामा बेच्यौ गुन्यू चोली।
बेच्यौ संस्कृति सम्पदा फेर्यौ आफ्नै बोली !!

बेच कति बेच्नु छ बेच!

बेच्न मात्रै जान्यौ कहिले किन्न जानेनौ।
हाम्रो देश्को स्वाभिमान कति छ भनेर चिन्न जानेनौ !
बेच देशको सिमा, बेच हिमाल पहाड , आखिर तिम्रै ठेक्क मा परेको देश हो।
हर पल हर क्षण तिम्रै कारणले बाँच्दा बाच्दै मरेको देश हो !!

सामन्तवाद र विस्तारवाद्ले आफ्नो मल जल छरेको देश हो !
अमेरिकन नगरिक बन्न डिभी चिट्ठा भरेको देश हो !!

अनि ! यो देख्दा हाम्रो स्वाभिमानले झस्काइ दिन्छ !!
हाम्रो राष्ट्र र राष्ट्रियताले चस चस मुटु चस्काइ दिन्छ!!

बेच कति बेच्नु छ बेच !

प्रतिक्रियाहरु