प्रिय कमरेड प्रज्वल संसारिक दुनियाँबाट रक्तिम अभिवादन !

२०७७ जेष्ठ १२ गते, सोमबार

खासमा पत्र लेखिनै हाल्नु पर्ने त्यस्ताे विषय त थिएन तर पनि देश दुख्दा तिमी खुब दुख्याै, लिपुलेक लिम्पियाधुरा, कालापानी, सुस्तालाई चाेट लाग्दा विगत सम्झेर तिम्राे खुब यादले सतायाे र पत्र काेर्ने जमर्काे गरेकाे छु । प्रिय कमरेड अाज लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता सहित सयाैँ ठाउँमा सिमाहरु प्रसव पिडामा छटपटाइ रहेकाे छ, दुष्टले उनिहरुकाे एकै चाेटि छाला काडिरहेकाे छ, दानवहरुले रमिता हेरिरहेका छन् तर ती सिमाहरुकाे व्यथा बुझ्ने तिमी जस्ताे नाैजवान युवाहरुकाे अाजकाल खडेरी नै छ । त्यसैले त तिमी संसारिक दुनियाबाट टाढा भएपछि उनीहरुकाे चित्कार सुन्ने काेही पनि छैनन् । पिडामा डाँडस दिन अाट कसैले गर्न सक्दैनन् किनकी कतिलाई नुनकाे साेझाे गर्नु छ त कतिलाई ज्यानकाे अाैदी माया छ । त्यसैले कमरेड फेरि एक पटक संसारिक दुनियाँमा समानता, स्वाधिनता, स्वतन्त्रता र सामुहिकताकाे चेतना जागृत गराउन अाउँ किनकी तिमी बाहेक काे नै रहेछ र सिमाकाे पीडासँग मिसिने, जनताकाे अधिकार खाेस्ने दुष्टसँग अग्र माेर्चामा सतिसाल झैँ उभिएर प्रतिराेध गर्ने त्यसैले ए जनताका प्यारा, युवा विद्यार्थीहरुका साहरा प्रिय कमरेड प्रज्वल तिम्राे त्यही उर्जा, साहस, चेतना, मानवता र समर्पण सहितकाे राष्ट्रभाव थियाे र त हर दुखावटमा तिम्राे अाैदी याद गरेका छाैँ र गरिरहन्छाैँ । तर तिमी किन चटक्कै भुलेर गयाै तिम्राे सारा प्रियजनहरुलाई ? किन एक्लाे बेसहारा बनायाै त्याे विरानाे सहरमा ती नानी र बाबुहरुलाई ? प्रश्न गर्न अाैदि मन छ तर पनि तिम्राे भाैतिक शरीर तिमीले याे राष्ट्र र जनताकाे लागि बलिभेदीमा हाँसिहाँसि अर्पण गरेकाे दुनियाँलाई झैँ मलाई पनि थाहा छ । तर पनि म तिमीलाई पत्र काेर्दैछु र यादमा काेरिरहनेछु । कमरेड तिमी जाँदै गर्दा भन्दा पनि अझ बढि क्रुर र दानव बनेकाे छ शासक, मिचिदै छ सिमा अनि दुष्टहरुकाे चल्दैछ राज । तर हामी हारेका छैनाैँ, हार्ने पनि छैनाैँ र बाटाे पनि भुल्ने छैनाैँ । मेराे हकमा भन्दा अाजकाल मैले माेर्चा बदलाव गरेकाे छु यात्रा उहीँ छ र निरन्तर जारी रहन्छ विश्वास दिलाउन चाहन्छु । अर्काे कुरा हामीसँगै हिडेकाे माेर्चा रुपमा सामाजिक सञ्जालमा जिउदाे देखिए पनि सार र गुणमा हेर्दा काेमामा लम्पसार परेकाे छ याे दुखद कुरा हाे तर पनि पुनरजिवित बनाएर उठाउने र दाैडाउने नाैजवानहरु अाउछन् विश्वस्त छाैँ र तिमीलाई पनि विश्वस्त बनाउन चाहन्छु र मेराे विश्वास गर्छाै भन्ने अपेक्षा सहित अनुराेध गर्दछु ।
प्रिय कमरेड प्रज्वल लाल अभिवादन भनी पत्र लेख्न र फाेन सम्वाद गर्न नपाएकाे पनि अाज ठ्याक्कै एक वर्ष पुगेछ । याे बिचमा पत्र काेर्न र फाेन सम्वाद गर्न मात्र हाेइन भेटेर क्रान्तियात्राबारे छलफल त गर्न कत्ति मन थियाे थियाे । तर केर्नु याे मन त्याे मनकाे चाहनालाई एक वर्ष अगाडि नै अपत्यारिलाे ढङ्गले चट्कै चुडाएर त्याे मनलाई तिमीसँगै उडाइदिए पछि, सांसारिक मञ्चबाट टाढा हिडेपछि अझ भनाै दुनियामा भाैतिक रुपमा कहिल्यै नभेटिने तर युग युग अमिट छाप बनेर चम्किलाे तारा झैँ अटल रुपमा चम्किरहन वायुमण्डलमा पुगेपछि त्यस दिन उप्रान्त भाैतिक पत्र, भेट वा फाेन सम्वाद सदासदा बन्द हुने स्वभाविक र वैज्ञानिक तथ्यपरक कारक हाे । तर पनि तिम्राे विचार, तिम्राे अास्था अनि अटल जिवनलाई पत्र नकाेरी बस्न मनले कहाँ दियाे र त्यसैले त दुई शब्द काेर्दैछु । अाज तिम्राे अनुउपस्थितिमा क्रान्ति धरमराउदै छ उडिसहरुकाे टाेकाइहरुले, बगारेहरुकाे लखटाइहरुले झन् झन् पेचिलाे बनिरहेकाे छ । भारतिय साम्राज्यवादले लिपुलेक, लिम्पियाधुरा, कालापानी माथि दिनदहाडै बलात्कार गरेकाे छ । त्यस्मा अरु त रमिते बन्थे नै मित्र भनिएकाे चीन पनि दुष्टकै मतियार बनेकाे छ र हाम्राे अनुमति विना हाम्राे भुमि लिपुलेकबाट भारतसँगकाे व्यापार नाका खाेल्नमा हाैसिएकाे छ । उता देश र जनताकाे खुन पसिनामा बैमत्ताएका शासक/ प्रशासक देखि भारतिय साम्राज्यवाद र अमिरिकी उत्तरसाम्राज्यवादका नपुंसक भारदारहरुले ” संसदिय व्यवस्था भनेकाे खसिकाे टाउका देखाएर कुकुरकाे मासु बेच्ने थलाे हाे ” भन्ने भनाइलाई पुष्टि गर्ने गरि केही अरव पैसाकाे विट्टा देखाएर एम.सि.सि. नामकाे सम्झाैता संसदबाट अनुमाेदन गराएर राष्ट्रघात गर्न न्वारानदेखिकाे बल लगाइरहेका छन् । तर याे सम्झाैताले देशलाई विदेशीकाे युद्ध कृडास्थल बनाउने निश्चित छ किनकी याे सम्झाैता पास गर्नु भनेकाे अाफ्नै अामाकाे अस्मिता लुटाएर अाफुले राेमाञ्च गरेजतिकै अपराध हाे भने अर्काेतिर विश्वमा फैलिएकाे काेराेनाकाे कहरले संसारका मानव जातिसँगै हामी नेपालीकाे पनि जीवनस्तर जर्जर भइरहेछ । यस्ताे महासंकटकाे बेला चाैतर्फी लडाइ लड्ने चेतनाकाे अावश्यकता खड्किएकाे छ । त्यसैले यी सब संकटसँग भिड्ने कुशल याेद्दाहरुकाे खाेजिमा तिमीलाई सम्झेर पत्र काेरेकाे छु । कमरेड सायद महान दाइ पनि सँगै हुनुहुन्छ हाेला उहाँलाई पनि लाल सलाम सहित देश सँगै उहाँका साना लालबालाहरुले उहाँकाे खाेजिमा भाैतारी रहेकाे खबर सुनाइ दिनु है! अनि उहाँलाई पनि फर्काएर ल्याउनु हाेला । अन्तमा:- तिमी उता हिडेपछि त्याे विरानाे सहरमा बेसहारा बनेका तिम्रा प्यारा भाइ बहिनीहरु कत्ति अतालिएका थिए तर पनि दुष्टकाे प्रतिबन्धले नजिक पुग्न सकिएन । अाज एक वर्ष पूरा भएछ तिमी गएकाे पनि सायद भाइ बहिनीहरु पनि बाध्यताकाे तङ्ग्राइ अलि अलि गर्दै समालिदै तङ्ग्रदै त्याे विरानाे सहरलाई अाफ्नाे बनाइ जनतन जिइरहेका छन् । तिम्राे अाैदि अावश्यकता खड्किएकाे छ तिनीहरुलाई अनि लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत मिचिएकाे भुमि तथा शाेषितपिडित अाम जनसमुदायहरुलाई पनि त्यसैले ए प्रिय कमरेड फर्कि अाउ सबैलाई रक्षा गर्न बस यति..! बाकी अर्काे पत्रमा ।

उहीँ तिम्राे त्याग, समर्पण र
बलिदानमा प्रभावित तिम्रै
२०७७/२/११ दुष्टहरुबाट प्रतिबन्धित तिम्राे
सपना साकार पारि छाड्ने
अठाेटका साथ क्रान्ति यात्रामा
यात्रारत एक यात्री
– हेमन्त जि.सी.

प्रतिक्रियाहरु