ओलीको पहिलो विदेश भ्रमण भारत

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतवाट सुरु हुने भएको छ । ओली आगामी चैत्र २३ गतेदेखि तीन दिने राजकीय भ्रमणमा भारत जाने भएको छन । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको तयारी गरिएको बताइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको बताए । ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर भारत भ्रमणको निम्ता दिएका थिए ।
त्यस्तै बाम गठबन्धन निर्वाचनमा विजयी भएसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौ नै आएर त्यसवेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भारत भ्रमणको निम्तो दिएकी थिइन् । ओलीलेले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेलगत्तै दुई जना मन्त्री भारत भ्रमणमा गएका थिए । अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य मन्त्री मात्रृका प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउन भारत गएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु