प्रकाण्डसंग बयान लिईदै

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसंग सरकारी वकिल कार्यालयले आज बयान लिने भएको छ । हिजो समयाभावको कारण देखाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजको लागि बयान सारेको हो । हिजो प्रकाण्डका स्टाफ हरिचन्द्र आचार्य, कार्यकर्ताद्वय मानबहादुर श्रेष्ठ र प्रमेश दर्नाललाई सरकारी वकिलले बबरमहल कार्यालयमा बयान लिएका थिए । उनीहरुलाई करिब ५ घण्टा अर्थात बेलुका ६ बजेसम्म बयान लिइएको थियो ।
प्रवक्ता प्रकाण्डसहित आचार्य र श्रेष्ठलाई साउन २२ गते साँझ र दर्नाललाई यही शनिबार काठमाडौंबाट गिरफ्तार गरिएको थियो । उनीहरुमाथि ‘जबर्जस्त चन्दा लिएको’ अभियोग लगाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु