पुन: निर्वाचनको नाममा सेना र प्रहरीद्वारा दमन

२०७४ जेष्ठ ७ गते, आईतवार

काठमाडौं, ७ जेठ । कालिकोटमा गत बैशाख ३१ गते जनताद्वारा बहिस्कार गरिएको निर्वाचन क्षेत्रमा आज मतदान गर्ने नाममा धड्पकड़ थालिएको एक स्थानीयले टेलिफोनमा बताए । गत बैशाख ३१ गते सेरापाटी मतदान केन्द्र जनताको कब्जामा परेको थियो भने सल्लारुख मतदान केद्रमा सुन्य मतदान भएको थियो । हालको नरहरिनाथ गाउपालिका अन्तर्गतको नन्दादेबी माबि सेरापाटा मतदान केन्द्रमा कसैले पनि मतदान गरेका थिएनन । नेकपाको चुनाब खारेजी अभियानलाई स्वागत गर्दै उक्त क्षेत्रका जनताले मतदानमा भाग लिएका थिएनन । स्थानीयले चुनाब बहिस्कार गर्ने निर्णय लिए संगै प्रहरीले गाउलेमाथि धरपकड गरेको थियो । आज उक्त क्षेत्रमा पुन निर्वाचन गराउन जनपथ प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीय जनताका घर घरमा फ़हराइएका नेकपाको झण्डा हटाउने, चुनाब बहिस्कारको तुल ब्यानर जफत गर्ने र जनताको घर घरमा धड्पकड़ गर्दै निर्वाचनमा भाग लिन दबाब दिन थालिएको बताइएको छ ।
कालिकोटको सल्लारुख , सेरापाटी, धनपाटा, राईटा, घोदेपडा,पांग्रलगायतका क्षेत्रमा यतिबेला सेना र प्रहरीको संयुक्त टोलि पुगेर जनतालाई निर्वाचनमा भाग लिन जबर्जस्ति गर्न थालिएको स्थानीयले बताए । यस कार्यमा कालिकोटका सभासद महेन्द्र शाहीको प्रमुख भूमिका रहेको बताइएको छ । सभासद महेन्द्र शाहीको आग्रह अनुसार प्रधानमन्त्रि प्रचन्डले गृहमन्त्री बिमलेन्द्र निधिलाई उक्त क्षेत्रमा सुरक्षाका संयुक्त टोलि परिचालन गर्न निर्देशन दिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु