परिवर्तन सर्गमद्वारा स्रष्टा सम्मान

२०७१ माघ ४ गते, आईतवार

काठमाडौं । विभिन्न साहित्य विधाका स्रष्टालाई परिवर्तन सर्गम साहित्य प्रतिस्ठानले सम्मान गरेको छ ।माघ ३गते शनिबार संवाद डबलीमा ‘पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम’ गरेर प्रतिस्ठानले उक्त सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यपक डा. कृष्णहरि बरालले स्राष्टालाई समान्न गर्दै युवा पुस्ता साहित्य क्षेत्रप्रतिको लगाव देखेर खुशी लागेको बताए । प्राध्यापक बरालले साहित्य क्षेत्रबाट समाजको सेवा गर्न आग्रह गरे ।
कार्यक्रममा साहित्य स्राष्टा पूर्ण विश्वकर्मा ‘विश्वास’ द्वारा लिखित ‘जीवन समर्पण’ नामक उपन्यास विमोचन गरिएको थियो । वाग्लुङ निवासी विश्वकर्मा वैदेशिक रोजगारीको लागि मलेसियामा कार्यरत छन् । उनले उतैबाट उपन्यास लेखेका हुन ।
कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न विधामा कार्यरत डा. घनश्याम परिश्रमी, शिशिर योगी, पूर्ण विश्वास, राम अबिरल, रमेश बस्नेत, मानन्धर
अभागिलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो रचना पनि बाचन गरिएको थियो ।

प्रतिक्रियाहरु