नौ विद्यार्थी संगठनद्वारा शुल्कवृद्धिबिरुद्ध कडा संघर्ष गर्ने चेतावनी

२०७६ कार्तिक ४ गते, सोमबार

काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत नौ विद्यार्थी संगठनले एमबीबीएस र बीडीएसमा बढाएको शुल्क खारेजीको माग गरेका छन । नौ विद्यार्थी संगठनहरूको बैठकले हालै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडिएसमा बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न समेत माग गरेका छन । ‘अहिले सरकारले मेडिकल कलेजहरूमा बढाएको शुल्क तत्काल खारेज गरेर व्यवस्थित गरियोस् । अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौं,’ सयुक्तविज्ञप्तिमा भनिएको छ। यस्तै चाडपर्वमा भइरहेको मुल्य नियन्त्रण गर्ने नौ विद्यार्थी संगठनको माग छ । नेपाली मौलिक कला, संस्कृति र सभ्यता र भाषामाथि विद्यालय तहदेखि नै नियोजित ढंगबाट अतिक्रमण भइरहेको भन्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु