नेपाल पत्रकार महासंघ बेलायत शाखाको साधारणसभा सम्पन्न

२०७२ बैशाख १ गते, मंगलवार

लण्डन । बेलायतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको साधारणसभा आइतबार सम्पन्न भएको छ । लण्डनस्थित ब्लु अर्किड रेष्टुरेण्टमा सम्पन्न साधारणसभा कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्ष्ँेत्री र महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
साधारणसभा सफलताको शुभकामना दिंदै कार्यवहाक राजदुत क्ष्ँेत्रीले दुतावास पत्रकारहरुसंग हातेमालो गर्दै अगाडी बढ्न तयार रहेको बताए ।
त्यस्तै गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष्ँ महेन्द कंडेलले पत्रकारहरुसंगको सहकार्यमा एनआरएनए युकेले छिट्टै च्यारिटी गर्न लागेको जानकारी दिंदै त्यसमा सहयोग पु¥याउन आग्रह गरेका थिए ।
गैर आवासीय नेपाली संघ युकेका संरक्षक एवं पुर्व अध्यक्ष्ँ सुर्य गुरुङले बेलायतका नेपाली समाजमा भइरहेका सकाररात्मक कुराहरुलाई स्थान दिन पत्रकारहरुलाई आग्रह गरे ।
अध्यक्ष्ँ चिरन शर्माको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले बेलायतमा रहेका नेपाली पत्रकारहरु व्यवसायीकता तर्फ उन्मुख हुंदै गएको बताए ।
सो अवसरमा जनजाती पत्रकार महासंघ बेलायतका अध्यक्ष्ँ किरण टि लिम्बु, एभरेष्ट टाइम्स साप्ताहिकका लिलामान शेरपुञ्जा, एनआरएन आइसीसीका सदस्य विनोद ज्ञवाली, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष्ँ राम शरण सिंखडा, जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिम्सिना, प्रवासी नेपाली समाजका अध्यक्ष्ँ रोशन सापकोटा, तमुधिं युकेका अध्यक्ष्ँ रामचन्द्र गुरुङ (सुर्जे), समाजसेवी इशा गुरुङ, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष्ँ नरेश खपांगी मगरले शुभकामना मन्तव्य दिएभने अर्का उपाध्यक्ष्ँ धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
महासभिच श्याम लुईंटेलद्धारा सञ्चालित कार्यक्रममा एकबर्षभित्र शाखाले गरेका गतिविधि समेटिइएको बृत्तचित्र प्रश्तुत गरिएको थियो । कार्यक्रममा गायक पत्रकार सुजन पराजुलीले स्वागत गित गायभने गितकार एवं पत्रकार नृपेश उप्रेतीले गजल सुनाएका थिए ।
अधिबेशनमा भाग लिन बेलायतको स्टकल्याण्डबाट पत्रकारहरु माधव रेग्मी र शिव तिवारी, पिटरबरोबाट नृपेश उप्रेती र केशव भण्डारी, ग्रेसबाट किरण टि लिम्बु तथा आशफोर्डबाट छत्र बनेम सहभागि थिए । त्यस्तै बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रममा सहभागि जनाएका थिए । साधारणसभा युवा सञ्चाकर्मीहरुको सकृयतामा सञ्चालित रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो ।
औपचारीक कार्यक्रमपछि बसेको बन्दसत्रमा महासचिव श्याम लुईंटेलद्धारा प्रश्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष्ँ देवी गौतमद्धारा प्रश्तुत शाखाको आर्थिक प्रतिवेदन सामान्य संशोधन सहित पारीत गरिएको थियो । त्यस्तै संस्थाले एनआरएनएसंगको सहकार्यमा आगामी ३१ नोभेम्बरमा गर्ने च्यारिटी कार्यक्रमबारे संयोजक फडिन्द्र भट्टराई तथा सदस्य वाचस्पती रेग्मीले जनाकारी दिएभने, पत्रकार आचार संहिताबारे वरिष्ठ पत्रकार भगिरथ योगीले पत्रकारहरुलाई अवगत गराएका थिए ।

प्रतिक्रियाहरु