नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

२०७४ असार १९ गते, सोमबार

काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी, चितवनले ८४ बिघा जग्गा कब्जा गरेको छ । आज बिहान ९ः०० बजे खैरहनी न.पा. स्थित साविक कुमरोजमा पर्ने गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिघा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर जिसीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छ्न । जग्गा कब्जा गर्नुका कारण के हो भनी राखिएको प्रश्नको जवाफमा जिसीले भनेक छन– विगतदेखि वर्तमानसम्म निरन्तर जग्गा कब्जामा रहेको र केही भ्रष्ट र भू–माफिया र तिनका मतिहार हरुले किनबेच गर्ने चलखेल गरिसकेपछि यसलाई रोक्नका लागि वा यसको प्रतिकारको लागि उक्त कदम चालिइएको हो । यदि किनबेच गरिएमा नेपाल कम्युनिष्ट पार्टीले जस्तोसुकै कदम चाली कार्वाही गर्न सकिने पार्टीको चेतावनी रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु