नेपालतर्फ सामान पठाउन रोकेकै हो : भारत

२०७२ आश्विन ८ गते, शुक्रबार

काठमाडौं, ८ असोज । भारतले नेपालतर्फ आउने सामान रोकेको कुरा औपचारिक रुपमै स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको नोटमा भनिएको छ– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नु परेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारी जानकारी दिएका थियौं ।’
भारतले समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गर्न सुझाव दिएको छ । अहिले भइरहेको समस्या राजनीतिक तहबाट समाधान खोज्न भारतले आग्रह गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा देखिएको समस्या चाँडै समाधान हुने अपेक्षामा भारत रहेकोसमेत जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु