नेकपा जनपरिषदद्वारा माफियाकाे जग्गा कब्जा

२०७५ मंसिर २५ गते, मंगलवार

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी जनपरिषद कास्कीले पोखराको न्यूरोडमा माफियाले हडपेको जग्गामा डोजार चलाएर पीडितलाई वितरण गरेको गरेको छ । न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाको नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहुले धेरैपहिले आफ्नो बनाएका थिए । तर थापाले यसबारे कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिन गर्दा खोप्लाङ्गेले झुक्याएर थापाको जग्गा आफ्नो बनाएको पाइएपछि सोमबार कास्की जनपरिषदले हडपेको जग्गामा डोजार चलाई उक्त जग्गा पीडित थापालाई वितरण गरिएको जनपरिषद प्रमुख जगन तिवारीले जानकारी दिएका छन् ।
यसअघि उक्त जग्गा बिक्री वितरण र भाडामा नदिन जनपरिषदले सार्वजनिक रुपमा अपिल गर्दै आइरहेको समेत तिवारीले बताए । अपिललाई अटेर गरेर भूमाफिया र सुद्खोरहरुले भौतिक संचरना बनाउन शुरु गरेपछि डोजार चलाउन बाध्य भएको जनाइएको छ । नेकपाले जनयुद्धताका संचालित जनसत्ताको रुपमा अहिले नागरिकको दैनिक समस्या र व्यवहार हेर्न जनपरिषद गठन गरी देशैभर सक्रिय पारेको जनाइएको छ । साथै भ्रष्टाचारी, तस्कर, बलात्कारी, काला बजारिया तथा घुस्याहमाथि पनि कालोमोसो दलेर कारवाही गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु