नेकपाद्वारा संघर्षको शंखघोष (संघर्षका कार्यक्रमसहित )

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल कम्युनिस्ट पार्टीले राज्य आतंक विरुद्ध आव्हान गरेको बन्द सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बन्द सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिएका हुन् । महासचिव विप्लवले विज्ञप्ती मार्फत ओली सरकारलाई पुनः चेतावनी दिदै शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राई लगायत बन्दका क्रममा गिरफ्तार परेका सबैलाई तत्काल रिहा गर्न माग गरेका छन । अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने र संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेकपाका महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्ती यस प्रकार रहेको छ – “राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं । बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ ।
संघर्षका कार्यक्रमहरु
२०७४ साल फागुन ९ गते कोण सभा
२०७४ साल फागुन १० अन्तरक्रिया
२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने
२०७४ साल फागुन १२ गते प्रदर्शन
२०७४ साल फागुन १३ गते देश व्यापी ठूलो कार्यक्रम “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु