नेकपाद्वारा जनसत्तालाई विस्तार र सुदृढ गर्ने उदघोष

२०७३ चैत्र ५ गते, शनिबार

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले सरकारले आगामी वैशाख ३१ गते गर्ने भनेको स्थानीय निर्वाचनलाई खारेज गर्दै जनसत्ता निर्माण, विस्तार र त्यसलाई अझै सुदृढ बनाउने निर्णय गरेको छ । यस बिषयमा प्रवक्ता प्रकाण्ड भन्छन््– २०६८ पछि अर्थात्् पहिलो संविधानसभाको विघटन भइसकेपछि प्रतिक्रान्तिकारीहरुले षड््यन्त्र गरेर दलाल पुँजीपतिवर्गको दलाल संसदीय व्यवस्थालाई जनता र नेपाली समाजमाथि लाद््ने गरी जुन संविधान जारी गरे हामीले त्यसको खारेज गरी दलाल संसदीय व्यवस्था होइन, जनताको जनसत्ता निर्माण गरेर अगाडि बढ््नुपर्छ भन्ने नीति अगाडि सारिसकेका थियौँ । यही क्रममा हामीले जनसत्ता निर्माण, विस्तार र त्यसलाई अझै सुदृढ गर्दै लगेका छौँ । यस्तो अवस्थामा सरकारले गराउने भनेको स्थानीय निर्वाचनको कुनै औचित्य छैन । त्यो साम्राज्यवादीहरुको डिजाइनमा यहाँका दलालहरुले आफ्नो सत्ता सुदृढ गर्न ल्याएको निर्वाचन हो । यो निर्वाचन राष्ट्र र जनताको हितमा छैन । यो चुनाव राष्ट्रघाती र जनविरोधी छ । त्यसैले यो चुनावलाई मान्यता नदिने र खारेज गर्ने पार्टीले निर्णय लिएको छ । र, यसको निम्ति आमजनतालाई अपिलसमेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु