नाइल नदीमा डुंगा दुर्घटना, १८ जनाको मृत्यु

२०७२ श्रावण ७ गते, बिहीबार

काठमाडौं, ७ साउन । इजिप्टको नाइल नदीमा डुंगा दुर्घटना हुँदा कम्तिमा १८ जनाको ज्यान गएको छ । मालबाहक पानी जहाज र यात्रु चडेको डुंगा राजधानी कायरोबाट उत्तरतर्फ नाइल नदीमा ठोक्किएर दुर्घटना भएको हो ।
पाँच जनाको सकुशल उद्धार गरिएको छ भने अहिलेसम्म चार जनाको मात्रै शव फेला परेको छ । डुंगामा कति मानिस थिए भन्ने नखुलेकाले अझै धरै हराइरहेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । एक युवा जोडीको विवाहको कुरा पक्का भएको खुशीयालीमा भोज गर्नका लागि भाडामा लिएको डुंगा र मालबाहक पानी जहाज ठोक्किएको हो । उद्धार तथा हराएकाको खोजीको काम भैरहेको सरकारी अधिकारीले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु