नशा – ईन्द्र थेगिम

२०७३ आश्विन ७ गते, शुक्रबार

भालेको डाकमा,
बिहान उठ्नै पाएको छैन
सासुले बुहारीलाई
एकोहोरो ठुगिंरहने
नशा ।

प्रत्युत्तरमा,
बुहारीले सासुलाई
कानमा तेल हालेर
बोली भुइँमा खस्न नदिइ मोबाईलमै ब्यस्तरहने
नशा ।

हकवाला दिदि बैनिहरु,
भाउजूको रिसले हो कि
बुहारीको आर्‍हिसले
आँखा रातो रातो पारि मुर्मुरिंदै फत्फताईरहने
नशा ।

आईपर्दा कामलाग्ने छिमेकीका के कुरा,
छुसुक्क के कुरा चुहियो कि आम्मै!!
रातभरिमा तिललाई बनाउंछन् पहाड
भाईरल डिजिजलाई जस्तो मास्क् लगाईरहन पर्ने
नशा ।

सेन्तेरेमको के कुरा,
स्वास्नी सुत्केरीबाट तंग्रीन नपाई
लखर लखर गाउँ चहार्दै
गाउँ,घर, टोलमा कोकोहोलो मच्चाउने
नशा ।

नपढी बनेका डाक्टरहरुका के कुरा,
दु:ख ले भनौं कि सु:खले
रहरले भनौं कि बाध्यताले
आफूसंगै कुलको ईमान, ईज्जत् धमिल्याउने
नशा ।

आजका न्यु जेनरेसनका के कुरा,
अरुकै लागि पढिदिए जस्तै
धर्ती हैन स्पेस मै जन्मलिए जस्ता
वाईफाई नभए सम्म त घरको माहौल नै खल्बल्याउने
नशा ।

मायालुको के कुरा,
उसैको लागि बांचिरहेछु जस्तो
मीठो स्पर्शसंगै घन्टौं हेरिरहुं जस्तो
घरजम अन्तै भएनि मुटु उसैको लागि धड्कीरहने
नशा ।

वरिष्ठसंगै ठुटे लेखकहरुका के कुरा,
फरक त भित्री दिमागको मात्र न हो
बांकी मेहनत र ईच्छा त सबैको उत्तिकै
कमेन्टस्,लाईक्स् पाउन फेसबुकमै झुन्डिरहने
नशा ।

प्रतिक्रियाहरु