नङ हेरौ स्वभाव चिनौ

२०७२ आश्विन ४ गते, सोमबार

काठमाडाँै । हस्तरेखा ज्योतिषका अनुसार नङको आकारका आधारमा कयौं कुरा थाहा पाउन सकिन्छ । हेरौ नङको आकार अनुसार मानिसको स्वभाव कस्तो कस्तो छ भनेर कसरी थाहा पाउन सकिन्छ ।
१. लामो खालको नङ
जुन मानिसको नङको आकार लामो हुन्छ त्यस्ता मानिस रोमान्टिक स्वभावका हुन्छन् । साना साना कुरामा रिसाउने, बढी स्मरण शक्ति भएका, हरेक काम एकदम सहि ढङ्गले गर्न मन पराउने, हुन्छन् । यस्ता नङ भएका मानिसहरु अरु मानिसले बुझ्न नसकेको कुरा पनि सजिलैसँग थाहा पाउन्छन् । यिनिहरुको वैवाहिक सम्बन्ध सुखद रहन्छ ।
२. चौडा खालको नङ
जुन मानिसको नङको आकार चौडा हुन्छ त्यस्ता खालका मानिस स्वास्थ्य सम्बन्धी विषयमा श्रेष्ठ लाभ प्राप्त गर्दछन् । शारीरिक रुपमा पनि शक्तिशाली हुन्छन्, चाँडै रिसाउने खालका हुन्छन् । गहिरो सोचाई भएका स्पष्ट वक्ता हुन्छन् र झुठलाई पनि सजिलैसँग स्वीकार गर्न सक्छन् ।
३. गोल र अण्डाकार नङ
गोलाकार एवं अण्डाकार नङ भएका मानिस हर समय खुशी रही रहने खालका हुन्छन्, शान्तिप्रिय हुन्छन् । वादविवाद मन पराउँदैनन, आफ्नो काम नयाँ नयाँ तरिकाले गर्न रुचाउँछन्, भीडभाड मन पराउँदैनन । आफ्ना विचार नहिच्किचाईकन साथीहरुसँग शेयर गर्न सक्छन् ।
४. चौडा नङ
यस्ता नङ हुने खालका मानिस साहसी हुन्छन्, नेतृत्व गर्ने शक्ति भएका हुन्छन् । गम्भीर हुन्छन् । आफ्नो नजिकका साथीहरूलाई पनि खुशी राख्ने खालका हुन्छन् । काम साँचेर राख्ने खालका हुँदैनन ।
५. त्रिकोणाकार नङ
जुन मानिसको नङ त्रिकोणाकारका हुन्छन् त्यस्ता मानिस अधिक चतुर स्वभावका हुन्छन् । हरेक कामको नयाँ नयाँ सोचका आधारमा गर्न मन पराउँछन् । समझदार हुन्छन् । आपूm पनि सहि ढङ्गले काम गर्छन र अरुले पनि त्यसै गरोस् भन्ने चाहना राख्छन् । हर समय नयाँपनको चाहना राख्छन् । आकर्षक व्यक्तित्व भएका हुन्छन् ।
६. बदाम आकारका नङ
बदामका आकारका नङ भएका मानिसहरू इमान्दार हुन्छन्, सबका मित्र हुन्छन्, धेरै मानिसले विश्वास गर्ने खालका हुन्छन् । हरेक समस्याबाट सजिलैसँग कसरी मुक्ति पाउन सकिन्छ भनेर सोचि रहने स्वभाव यिनिहरुमा हुन्छ ।

प्रतिक्रियाहरु