दुबईमा एभरेष्ट रेष्टुरेण्ट

२०७२ जेष्ठ ८ गते, शुक्रबार

दुबई – “मिठो सफा, ताजा र स्वादिलो नेपाली खाना” एभरेष्ट रेष्टुरेण्टको चाहना, भन्दै २१ मे बिहीबार बाट दुबईको मुटु मानिने बरदुबईमा “एभरेष्ट रेष्टुरेण्ट” संचालनमा आएको छ। युएई मा रहदै आउनु भयका नेपाली डा. दिनेश आचार्य र लिला राई को सयुक्त लगानीमा ब्यबसाय संचालनमा आयको हो। स्तरिय बिभिन्न नेपाली समुदायका खाना संगै बिदेशी मूल का परिकार पनि रहने छ। हामी युएईमा रहेका नेपालीहरु लाई चाडपर्ब अनुसारका खानामा हामी केहि छुट दिनेछौ उद्घाटनका क्रममा लगानी कर्ता बाट यस्तो प्रतिबदता आय को हो। लगानी कर्ता दोयाले रिबन काटी नारिवर फोरी नेपाली परम्परा अनुसार होटलको उद्घाटन गरिएको थियो। पछिल्लो समय नेपाली हरुको रोजगारको राम्रो गनतब्य रहेको युएई मा त्यहि अनुपातमा नेपाली ब्यबसाय पनि फष्टाउदै गईराखेका छन्। – भुपराज बस्याल

प्रतिक्रियाहरु