थिए गुरु माकर्स – एंगेल्सका पनि – हस्तवहादुर केसी

२०७३ भाद्र ३ गते, शुक्रबार

जन्मिए माकर्स अद्भूत चमत्कार
उन्नाइसौ शताप्दीको पूर्वार्ध्दमा
गणना भए उनी
स्रहशताव्दि महापुरुष
दिए उनले सर्वहारावर्गलाई
मुक्तिको अचूक हतियार माकर्सवाद
मुक्ति संघर्षको मार्गदर्शनमा

थिए गुरु माकर्स-एंगेल्सका पनि
हेगेल फायरवाख
रोवर्ट ओमन र
साएमन फुरिएहरु
अनि
डेविड रिकार्डो र अडाम स्मिथ
देखाए बाटो उनिहरुले
माकर्स- एंगेल्सलाई सधै
साम्यवादी नयाँ संसार निर्माणको
गहन अध्ययन माकर्स- एंगेल्सले पनि
जीवन र जगतको
निकाले निष्कर्ष बैज्ञानिक ढंगले
भने माकर्सले
“संसारको व्याख्या त सबैले गरे
तर गाँठी कुरो त
यसलाई बदल्नु पो ह‍ो त”
गरे सिर्जना माकर्स-एंगेल्सले
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको

ल्याई दिए उनिहरुले
दर्शाको क्षेत्रमा क्रान्ति
भने लेनिनले
त्यही दर्शनले
“मानव जाति र मजदूरवर्गलाई
ज्ञानका शक्तिशाली
अौजार प्रदान गरेको छ”
भने स्वयम् माकर्सले
त्यही दर्शनले
“जसरीसर्वहारावर्गमा आफ्नो
भौतिक हतियार भेटाउँछ
त्यसरी नै
सर्वहारावर्गले दर्शनमा
आफ्नोबौधदिक हतियार भेटाउँछ”
भने माओले
“बनेको छ माकर्सवाद
ज्ञानका अनेक शाखाहरवाट
माकर्सवादी दर्शन
माकर्सवादी अर्थशास्त्र र
माकर्सवादी समाजवाद
अर्थात्
वर्गसंघर्षको सिध्दान्त
थपे उनले
तर जग चाहिँ
माकर्सवादी दर्शन नै हो ।”

प्रतिक्रियाहरु