त्रिविका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग

२०७६ भाद्र ३ गते, मंगलवार

काठमाडौं, ३ भदाै । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका त्रिवि इकाई अध्यक्ष मदन चापागाईले विज्ञप्ति जारी गरेर विगतमाझैं राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने बताएका छन । उनले त्रिविका पदाधिकारी नियुक्ति विगतमा झै भागबण्डाको आधारमा सरकारी दलका कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने भन्दै त्यस्तो गरिए आफ्नो संगठन मुखदर्शक बनेर नबस्ने चेतावनी समेत दिएका छन् । ‘विशुद्ध प्राज्ञिक क्षेत्रमा सरकारको नांगो हस्तक्षेप हुनु र पदाधिकारी नियुक्तिमा सरकारी दलका माफिया र राजनीतिक दलको भागबण्डाका कुरुप बिम्बहरु बाहिर आउँदासम्म अखिल क्रान्तिकारी मुखदर्शक बनेर बस्न सक्दैन’ विज्ञप्तिमा भनिएको छ । साथै अध्यक्ष चापागाईले खुला प्रतिस्पर्धा र विज्ञताको आधारमा पदाधिकारी नियुक्त गर्न जोडदार माग गरेका छन् ।
यसैबीच अखिल क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलन आयोजक समितिले सरकारद्धारा विद्यार्थीसंगठनका नेताकार्यकर्तामाथि गरिएको गिरफतारी, दमन, धरपकड, अपरहण, वेपत्ता जस्ता क्रियाकलापको भण्डाफोर गर्ने भएको छ । नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै क्रान्तिकारीले सरकारी दमनको भण्डाफोर गर्दै संघर्ष संचालन गर्ने जनाएको हाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु