डा. केसीको पक्षमा अष्ट्रेलियामा प्रदर्शन

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धतास्वरूप प्रदर्शन गरिएकाे छ । डा. केसीका मागलाई सरकारले सम्बाेधन गर्न नसकेकाे भन्दै तत्काल माग पुरा गर्न त्यहा रहेकाे नेपालीले प्रदर्शन गरेका हुन् । पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले सरकारबाट भइरहेको हस्तक्षेप समेत तत्काल बन्द गर्न र डा. केसीको माग पूरा गर्न अाग्रह गरेका छन् । उनीहरूले डा. केसीका माग समग्र नेपाल र नेपालीहरुको हितमा रहेको भन्दै एेक्यबद्धता जनाएका हुन् । यस्तै, सिड्नी र ब्रिसबनमा रहेका नेपालीहरुले डा. केसीको माग जायज रहेकाे भन्दै उनको समर्थनमा प्रदर्शन गरेका छन् । यहाँ रहेका नेपाली युवाहरुले स्वतःस्फूर्त रुपमा आयोजना गरेको कार्यक्रमबाट विदेशमा पनि नेपालीहरु डा. केसीको पक्षमा रहेको सन्देश दिन खाेजेका हुन् ।

प्रतिक्रियाहरु