ट्रम्पले दिए इरानलाई सिध्याउने धम्की

२०७६ जेष्ठ ६ गते, सोमबार

काठमाडौं , ६ जेठ । विश्वका दुई शक्तिशाली मुलुक आमेरिका र इरानबीचको तनाव बढ्दै गएको छ । यतीबेला दुई देशबीचको तनावले ठुलै रुप लिने आंकलन गर्न सकिन्छ । अमेरिकालाइ धम्क्याएको भन्दै राष्ट्रपति ट्रम्पले भर्खरै सामाजिक संजालमा कडा आक्रोश ब्यक्त पोखेका छन् । उनको आक्रोश यहाँसम्म छ की यदी इरान युद्ध चाहन्छ भने इरानलाइ सिध्याउने अभिव्यक्ति छ । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन् -‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक रुपमा अन्त्य हाे अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’ यो ट्वीले पनि जनाउछकी इरान र अमेरिकाबीचको चर्काचकी सामान्य होइन । ट्रम्पको यो ट्वीको खास जड भनेको इरान परमाणु सम्झौता नै हो । यसै सम्झैताको कारण केही दिन यता अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । अहिले अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ । सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउन सोचले सो सम्झौता भएको थियो । तर अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि सम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ ।

प्रतिक्रियाहरु