जनयुद्ध विरुद्धको षड्यन्त्र तुरुन्त रोक :प्रकाण्ड

२०७१ फाल्गुन ६ गते, बुधबार

काठमाडौँ । नेकपा माओवादीले म्याग्दीको बेनी घटनालाई आधार बनाइँ सञ्चारमाध्यममा आएको समाचारप्रति घोर आपति जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले मंगलबार एक प्रेस विज्ञाप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन । जारी प्रेस विज्ञाप्तीमा मानव अधिकार आयोगलाई आधर बनाई आएको समाचार भ्रमक र तत्थहिन भएको बताइँएको छ । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञाप्तीमा भनिएको छ, ‘लडाकुलाई उत्तेजनामा ल्याउने नशालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराएको, हतियार नबोकेका सर्वसाधारणलाई यातना दिएको, जबरजस्ती युद्धमा सामेल गराएको, विद्यार्थीलाई ललाई फकाई, डरधम्की देखाएर सहभागी गराएको, युद्धको नियम पालना नगरेको,पानीको आपूर्ति, अस्पताल र बाटोघाँटो बन्द गरेको भन्ने समाचार कपोकल्पित तथा तथ्यहिन, प्रतिशोधपूर्ण र षड्यन्त्रमूलक भएको हाम्रो पार्टीको ठहर छ । उक्त समाचारको हाम्रो पार्टी खण्डन गर्दै घोर आपत्ति प्रकट गर्दछ ।’
उक्त पिज्ञाप्तीमा आगडि भएको छ, ‘बेनी मोर्चाको वास्तविकता माओवादी पार्टीले युद्धको माओवादी सिद्धान्त र वर्तमान अन्तर्राष्ट्रिय युद्धको मान्यतालाई लागु गर्दैै युद्धको समयमा घटनास्थलमा भएको क्षति बाहेक आत्मसमर्पण गरेका विरोधी सेनाका ७२ जनालाई ‘आइसिआरसी’ को रोहबरमा स–सम्मान रिहाइँ गरेको तथ्य स्पष्ट नै छ । यति स्पष्ट विषयलाई गलत ढङ्गले व्याख्या र प्रचार गरिनु माओवादी शक्ति र जनयुद्धको विरुद्ध प्रतिक्रियावादी दलालहरुको षड्यन्त्रको पुष्टि हुन्छ । यसलाई तुरुन्त रोक्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई कडा चेतावनी दिन्छ ।’
माओवादीका प्रवक्ता प्रकाण्डले मंगलबार जारी गरेको प्रेस विज्ञाप्तीको पूर्णपाठ यस प्रकारको छ- “आज (फागुन ६) को नागरिक दैनिकमा मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको हवला दिदै ‘नशालु पदार्थ सेवन गरेर बेनीमा आक्रमण’ शिर्षक दिएर छापिएको समाचार प्रति हाम्रो पार्टीको ध्यानकर्षण भएको छ । उक्त समाचारमा लडाकुलाई उत्तेजनामा ल्याउने नशालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराएको, हतियार नबोकेका सर्वसाधारणलाई यातना दिएको, जबरजस्ती युद्धमा सामेल गराएको, विद्यार्थीलाई ललाई फकाई, डरधम्की देखाएर सहभागी गराएको, युद्धको नियम पालना नगरेको,पानीको आपूर्ति, अस्पताल र बाटोघाँटो बन्द गरेको भन्ने समाचार कपोकल्पित तथा तथ्यहिन, प्रतिशोधपूर्ण र षड्यन्त्रमूलक भएको हाम्रो पार्टीको ठहर छ । उक्त समाचारको हाम्रो पार्टी खण्डन गर्दै घोर आपत्ति प्रकट गर्दछ ।
बेनी मोर्चाको वास्तविकता माओवादी पार्टीले युद्धको माओवादी सिद्धान्त र वर्तमान अन्तर्राष्ट्रिय युद्धको मान्यतालाई लागु गर्दैै युद्धको समयमा घटनास्थलमा भएको क्षति बाहेक आत्मसमर्पण गरेका विरोधी सेनाका ७२ जनालाई ‘आइसिआरसी’ को रोहबरमा स–सम्मान रिहाइँ गरेको तथ्य स्पष्ट नै छ । यति स्पष्ट विषयलाई गलत ढङ्गले व्याख्या र प्रचार गरिनु माओवादी शक्ति र जनयुद्धको विरुद्ध प्रतिक्रियावादी दलालहरुको षड्यन्त्रको पुष्टि हुन्छ । यसलाई तुरुन्त रोक्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई कडा चेतावनी दिन्छ । होइन भने यसबाट निस्कने गम्भीर परिणमको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने छ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु