जनप्रतिनिधिहरुलाई राजिनामा दिन आव्हान

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । नेकपाका जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले जनप्रतिनिधिहरुलाइ राजिनामा दिन आव्हान गरेका छन । प्रमुख पौडेलले आज एक प्रेस विज्ञाप्ति जारी गर्दै सो आव्हान गरेका हुन् ।
यस बिषयमा जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “यतिबेला मुलुक अत्यन्तै संकटमा छ । सामाजिक दलाल पुंजिबादी सत्ता अनेकौं सड्यन्त्रको माध्यमबाट रास्ट्र र जनताको जीवनमाथी लुट खसोट मच्चाउन तम्सिएर अगाढी आएको छ । महान जनयुद्ध र जनाअन्दोलनको मर्म र जनताहरुको वास्तबिक सपना र चाहनाको गला निमोठ्ने दलाल समुहको नेतृत्व गरिरहेका केपि ओलि र पुस्पकमल दाहाल रास्टृयता, जनतन्त्र, जनजिविका जस्ता मुख्य र महत्वपूर्ण विषयहरुमा रास्ट्र र जनतालाइ खोक्रो बनाउने दलाल पुंजिपतिहरुको हित र स्वार्थ अनुकुल काम गर्न अग्रसर भएर उभिएका छन । यस्तो हुनु अत्यन्तै दुखद छ, यधपि यसको निकास र बिकल्पको बिसयमा सचेततापुर्ण ढङ्गले सोच्नु र पहलकदमी लिनु सबै नागरिकको दायित्व र जिम्मेवारी बनेर आएको छ ।
आदरणीय जनसमुदाय, यतिबेला नेपाल कम्युनिस्ट पार्टी सामाजिक दलाल पुंजिबादी ब्यवस्था खारेजि एवं बैज्ञानिक समाजबादी ब्यवस्था स्थापनाको निम्ति संघर्ष गरिरहेको छ । यसै संन्धर्भमा जनताहरुले आफ्नै जनसत्ता निर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकतालाइ दरोसंग पकडेर जनताको सत्ता निर्माण एवम कार्यन्वयन गर्ने क्रममा जिल्ला जनपरिसद झापा ( जनसरकार ) जनताहरुको चाहाना र मर्मलाइ गहिरो ढङ्गले आत्मासात गर्दै निम्न बिसयउपर विज्ञाप्ति जारी गर्दछ ।
१. सुदखोर बित्तीय संस्था( झोले बैंक ) हरुले सामाजिक दलाल पुंजिबादी संसदिय ब्यवस्थाले समाजमा निम्त्याएको आर्थिक संकटको फाइदा उठांउदै दलाली गरेर आर्जन गरेको कालो धनलाई चर्को ब्याज, चर्को शेवा शुल्क, लिएर लगानी गर्ने र बाध्यत्मक परिस्थिती श्रीजना गरि रिण अशुली गर्ने गरेको पाइएको छ । जसकारण यसले समाजमा बिकराल रुप धारण गर्न पुगेको छ । यस प्रकारको आर्थिक कारोबारबाट उत्पन्न समस्याहरुलाइ तुरुन्त सच्याउन संम्बन्धित संस्था तथा निकायलाइ जानकारी गराइन्छ ।
२. कथित स्थानिय जनप्रतिनिधिहरुले विभिन्न बाहनामा चर्को कर उठाइरहेको र जसले आम जनताको जीवन कस्टकर बनिरहेको संधर्भमा हाम्रो जिल्ला जनसरकार जनताहरुलाइ कर नउठाउन सम्बन्धित निकायलाई जानकारी गराउंदछ । साथै कुनैपनी कर नतिर्न र जबर्जस्ती करको दायरामा ल्याउन खोजिए प्रतिरोध गर्न आम जनसमुदायलाइ अपिल गर्दछ ।
३. प्राकृतिक श्रोत साधन- जल जंगल र जमिनमाथी दलाल, तस्कर र ठेकेदारहरुले दोहन गरिरहेकाछन । प्राकृतिक श्रोत साधनहरुको समुचित प्रयोग गरि राज्यलाइ समृद्ध गर्नुको साटो यसरी दलालहरुलाइ निरन्तर दोहन गर्न दिने काम प्रती हाम्रो गम्भीर ध्यान आकर्सण भएको छ । यो कदम तुरुन्त रोक्न झापा जनसरकार जानकारी गराउदछ ।
४. तस्करी, कालोबजारी, भ्रस्टचारी, गुण्डागर्दी र दलालीले समाजमा निम्त्याएको बिकराल परिस्थिति प्रती गम्भीर ध्यानआकर्सण भएको छ । हामी आम जनसमुदायलाइ समाजमा मौलाइरहेका यस्ता रोगहरुको उजुरी जनसरकार समक्ष गर्न आग्रह गर्दछौं । यस्ताखाले पात्र र प्रबृतीहरुलाइ कार्बाही गरेर अगाडि बढ्ने कुरा जानकारी गराइन्छ ।
५. जनताहरुमा भ्रम श्रीजना गरि कथित निर्वाचनको नौटन्कीबाट निर्वाचित भएका नौटन्किं जनप्रतिनिधिहरुलाइ राजिनामा दिन यसै बिग्यप्ती मार्फत जानकारी गराइन्छ ।
अत: माथी उल्लेखित बिसयको गम्भिर्यतालाइ आत्मासात गरि जिल्ला जनसरकार झापाले जारीगरेको बिग्यप्तीको मर्मलाई समर्थन र सहयोग गरिदिनहुन आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै संम्बन्धित निकाय, पात्र एबम सरोकारवालाहरुलाई उल्लेखित बिसयहरु कार्यन्वयन गर्न जानकारी गराइन्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु