जनगणतान्त्रिक सम्पर्क मन्चद्वारा केन्द्रीय सचिव श्रेष्ठलाई तत्काल रिहा गर्न माग

२०७६ फाल्गुन ६ गते, मंगलवार

काठमाण्डौं ,६ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय सचिव पुर्ण बहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ। यसैबीच ,श्रेष्ठको रिहाईको माग गर्दै सम्पर्क मन्चका केन्द्रीय अध्यक्ष कमानसिहंले एक प्रेस विज्ञप्ति जारी गरेका छन् । साथै उनले राजनैतिक आस्थाकै आधारमा आफ्नो संगठनका नेताकार्यकर्ताहरुलाई प्रशासनले दमन र गिरफ्तार गरेको भन्दै उक्त कार्य बन्द गर्न माग गरेका छन् । श्रेष्ठलाई माघ २९ गते काठमाडौँबाट गिरफ्तार गरिएको अध्यक्ष कमान सिहंको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु