जताततै बम : कतै डिस्पोज , कतै विस्फोट

२०७६ असार १० गते, मंगलवार

काठमाडौं, १० असार । आज नेपाल बन्द देशैभरी बम विस्फोट भएको समाचार प्राप्त भै रहेका छन । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्याविरुद्ध आज नेपाल बन्द अाह्वान गरेको हो।
यसैबीच, बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको समाचार प्राप्त भएको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएका हुन् । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिएका छन् ।
यता , अर्घाखाँचीका तीन ठाउमा बम फेला परेको छ । छत्रदेव गाँउपालिका वडा नम्वर ५ को वडा कार्यालय नजिकै, वडा कार्यालय ७ को नजिकै र मालारानी –१ को छेडाठाटीमासहित छत्रदेव गाउँपालिका वडा नम्वर ७ को मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसिविमा राखिएका शंखास्पद बस्तु अर्थात बमहरु गरी तीन ठाउँमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए । बम हो या संकास्पद बस्तु भन्नेबारेमा अनुसन्धान पछि मात्र थाहा हुने प्रजिअ लामीछानेको भनाई छ । संकास्पद बस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको टोली बम भएको स्थानमा गएर डिस्पोजल गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
उता , चितवनको राप्ती नगरपालिकाको खैरेनीमा पनि बम फेला परेको समाचार प्राप्त भएको छ । घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भएको बुझिएको छ ।
यसैगरी ,पोखराका बिभिन्न तीन ठाउँमा भेटिएको बम मध्य दुई ठाउँमा पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणका २ वटा डिस्पोजल टोलीले डिस्पोज गरीसकेको बताइएको छ । पोखराको चाउथे स्थित रचना मःम खाजा घर नजिकै भेटिएको प्रेसर कुकर बम र तालचोक-डाँडाको नाक चोकको बीच भागमा भेटिएको सकेट बमलाई डिस्पोज गरीएको हो । अहिले पोखराको पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा भेटिएको शंकास्पद बस्तुलाई डिस्पोजको तयारी भई रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु