चीनमा विकिपिडिया पनि प्रतिबन्धित

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । फेसबुक, ट्विटर र अन्य हजारौँ वेबसाइट तथा एपहरू बन्देज गरिएको चीनमा गत अप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरूसमेत नखुल्ने बनाइएको विकिपिडिया फाउन्डेशनले दाबी गरेको छ । चीनका तर्फबाट आधिकारिक पुष्टि नभए पनि विकिपिडियामा घटेको ट्राफिक एवं पहिला चिनिया भाषाको विकिमिडियामा प्रतिबन्द लागेका कारण विकिमिडिया फाउन्डेशनले यस्तो दाबी गरेको हो ।
इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन् । एउटा विज्ञप्ति प्रकाशित गर्दै विकिपिडियाले भनेको छ, ‘अप्रिलको अन्त्यतिर विकिमिडिया फाउन्डेशनले चीनमा विकिपिडिया खोल्न नकसिने निश्चित गर्‍यो । हाम्रो ट्राफिक प्रतिवेदन राम्ररी विश्लेषण गरेपछि सबै भाषामा विकिपिडियालाई बन्द गरिएको हामी पुष्टि गर्न सक्छौँ ।’ प्रयोगकर्ताहरूको विना पारिश्रमिक योगदान गरेर सम्पादन गर्ने यो विश्वज्ञानकोशलाई बेलाबेलामा केही सरकारहरूले आफ्नो देशमा नखुल्ने बनाइदिन्छन् । यो बेवसाइटलाई सन् २०१७ मा टर्कीमा बन्द गरिएको थियो भने यो वर्ष भेनेजुएलामा बेलाबेलामा बन्द गरिएको थियो। इन्टरनेटको प्रयोगलाई नियन्त्रित गर्न चीनले ‘ग्रेट फायरवोल अफ चाइना’ बनाएको छ। केही वर्षअघि चीनले गुगललाई पनि बन्द गरिदिएको थियो। पछि चिनियाँ भाषाको गुगललाई नियन्त्रित रूपमा सञ्चालन हुन दिइएको छ।-एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु