गरीबीको मार १३० पाउण्डमा सन्तान बिक्रि

२०७१ आश्विन ५ गते, आईतवार


काठमाडौ, ५ असोज । भारतमा एक महिलाले आफ्नो नवजात छोरा १३० पाउण्ड बेचेको खुलासा भएको छ । पश्चिम बंगालको जलपाइगुडीको रेलवे ट्राक नजिकैको गाउँमा बस्ने ३ छोरीकी आमा ३२ वर्षीया गौरी शाहले चौथो बच्चा बेचेको बताइएको छ । चौथो बच्चा गर्भमा बसेपछि पतिले छोडेपछि उनले बच्चा बेचेको बताइएको छ । गरीबीको कारण उनले १० दिनको छोरालाई सन्तान नभएको दम्पत्तिलाई बेचेको बताएकी छिन् । यद्यपि छिमेकीले विरोध गरेपछि स्थानीय प्रशासनले बच्चालाई उद्दार गरिएको छ । गौरीले आफ्नो छोराले लिन अस्वीकार गरेपछि बच्चालाई बालगृहमा राखिएको छ ।उनको परिवारको आम्दानी माग्नु बाहेक केहि नभएको बताइएको छ । उनले सरकारले सहयोग गरे आफू आफ्नो छोरा फिर्ता लिन तयार रहेको समेत बताएकी छन् । स्थानीय प्रशासनले भने छोरा लिने नलिनेबारे निर्णय गर्न ६० दिनको म्याद दिएको छ । अन्यथा बच्चालाई धर्मपुत्रका रुपमा सन्तान नभएका दम्पत्तिलाई दिने अधिकारीहरुले बताए ।- एजेन्सी ।

प्रतिक्रियाहरु