क्रान्तिको ज्वला यो – पुष्पगोपाल श्रेष्ठ

२०७३ कार्तिक १० गते, बुधबार

विर्सीसकेको छैन
सम्झना अभैm ताजा छ
विशाल धर्तीमा
विकराल स्थितिको
चिनारी माझ
रगतको खोला बगाई
जीवनको पहिलो पाइला
टेक्न आएको थिए
तर रक्ताम्य भएर ।

नपत्याए हेर
मैले टेकेर आएका
मेरा प्रत्येक पाइलाहरु
अभैm आलै छन्
जुन, लालकिरणका रुपमा
चम्कीरहेका छन् ।

मेटीन्न यो
बुझिन्न पनी
युद्ध विरोधी
क्रान्तीको ज्वाला यो
पैmलीन्छ,
अरु पैmलीन्दै जान्छ ।

अग्ला, होचा, खोल्सा र खोल्सी
सब सम्याउँदै
अधि अधि बढने
छाल हो यो
जन क्रान्तीको ।

खोला, नाला, समुद« सुक्ला
सुक्ला सव टतवर्ती
सुत्तैmन कहील्यै
वरु बढछ
एक पछि अर्काे
मूल हो यो
जनक्रान्तिकोे ।

प्रतिक्रियाहरु