केहि मुक्तक – लिला दाहाल अधिकारी

२०७५ असार ५ गते, मंगलवार

न हात देखियो न हतियार देखियो!!
तर पनि मेरो मुटुको नरसंहार देखियो!!
ल्याबटेस्ट गर्यो एक्स रे नि गर्यो डाक्टरले
रिपोर्ट मा सुन्नुस न,निस्ठुरिको प्यार देखियो!!
***
झम झम पानीमा रुज्नुको मज्जा बेग्लै थियो
साम सुम साँझमा पिउनु को मज्जा बेग्लै थियो
मायाले प्रेम रङ्गमन्चमा निथ्थुक्क भिजाउँदा
भिजे पछि मायामा डुब्नुको मज्जा बेग्लै थियो
***
आसाहरुमा बाच्न पर्ने जिन्दगीको नियती भो
मन भित्रका रहर उमंग समय को सती भो।
मन भने चंगा भयो जिन्दगी भो कैदी
चढ्नु पर्ने सगरमाथा नसके रै खती भो
***
खै किन खोजी रहन्छ यो मन निस्ठुरी को तस्वीर
किन खोज्छ नजीक हुनआफैमा नभएको तक्दीर
सजिलै बिर्सेला छोडी जाने ले त ती मिठा यादहरु
तर खै म पार हुनै सकिन तिम्रा ती झुट्टा जन्जीर

प्रतिक्रियाहरु