कान्तिपुर प्रकाशनका मजदुर आन्दोलनको भावी कार्यदिशाबारे – हुकुमबहादुर सिंह

२०७१ भाद्र १४ गते, शनिबार


कान्तिपुर प्रकाशनमा कार्यरत प्रेश मजदुरहरूको नेतृत्वगर्ने – कान्तिपुरको भाषामा नेकपा-माओवादी समर्थित) अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघले केही दिनदेखि विभिन्न मागहरू राखेर कान्तिपुर प्रकाशन गृहमा धर्ना, काममा वाधा तथा अवरोधआदि गर्दै अँएका छन् । र ७ दिनदेखि त उनीहरूले कान्तिपुर र काठमाण्डौ पोष्टको प्रकाशन र वितरणमा अवरोध गर्दै आएका छन् । कान्तिपुर प्रकाशनको दवावमा -वा अनुरोधमा) विभिन्न राजनीतिक दलका नेताहरू, सभासदहरू, कानुन व्यवसायीहरू, उद्योगपतिहरू र तथाकथित बुद्धिजीवी तथा नागरिक समाजका व्यक्तिबाट कान्तिपुर प्रकाशनको पक्षमा र आन्दोलनरत मजदुरहरूको विरूद्ध वक्तब्यहरू दिने, कान्तिपुर प्रकाशन गृह पुगी मालिकस“ग मजदुर आन्दोलनको विरोधमा एक्यवद्धता जनाउने र प्रकाशनले मजदुरमाथि गर्दै आएको शोषणको र्समर्थन गर्ने गरेका छन् । कान्तिपुर प्रकाशन नेपालको एक नम्वरको प्रकाशन गृह बन्न सफल भएको छ । उसका कैयौ संघसंस्थाहरू सञ्चालनमा आएका छन् । मानौ उ नेपालको एउटा सफल बहुराष्ट्रिय कम्पनि हो । तर त्यही प्रकाशन गृह जसको प्रगति र सम्पन्नतामा त्यहा“का मजदुरहरूको पसिना र रगत मिसिएको छ, तिनैले आज त्यसको प्रगतिमा किन वाधा तथा अड्चन हाली रहेका छन्, गम्भीर प्रश्न छ । ती मजदुरहरूमाथि भएका गरिएका शोषणका विरूद्ध कसैलाई चासो छैन् तर कान्तिपुर प्रकाशन गृहको र्समर्थनमा किन त्यतिविधि मानिसहरू तथा संघसंस्थाहरू लाग्नु पर्यो – यसको खोजवीनको आवश्यकता छ ।
मार्क्सवादको वैज्ञानिक सत्य के हो भने मजदुरहरूको सङ्र्घष्ा, स्वयम् मजदुर वर्गको सङ्र्घष हो । यो एउटा वर्गले- मजदुर वर्गले-अर्को वर्गका विरूद्ध-पु“जीपति वर्गका विरूद्ध-चलाउने सङ्र्घष्ा हो । यो त वर्गीय समाजको उदयस“गै चल्दै आएको सङ्र्घष्ाको उच्च र विकसित रूप हो । मजदुर वर्ग र पु“जीपति वर्ग एक आपसमा शत्रु वर्ग हुन् । त्यसकारण जुन वर्ग सत्तामा रहन्छ, त्यसले अर्को वर्गमाथि उसको अधिनायकत्व लाद्ने गर्दछ । तर अहिले मार्क्सवादमा यति भ्रष्टीकरण र अवसरवाद मौलाएको छ, मार्क्सवादी भन्नेहरूले समेत मजदुर वर्गले गर्ने यो वा यस्ता सङ्र्घष्ाहरूको विरोध गर्ने गर्दछन् र अहिले पनि कान्तिपुर प्रकाशनको सवलमा पनि मार्क्सवादीहरूमध्ये केहीले मजदुरहरूका विरूद्ध पत्रकारीता र स्वतन्त्रताको नाममा विष वमन गरेर कान्तिपुरभित्रका पु“जीपति वर्गका पक्षमा वोकालत गर्दैछन् ।
यो सत्य हो अहिले कान्तिपुर प्रकाशनले नेतृत्व गर्ने वर्ग सत्तामा छ, त्यसकारण उ एउटा सत्ताधारी वर्ग भएकाले उसले सत्ताबाट प्राप्त हरेक प्रकारका हथकण्डा प्रयोग गरेर मजदुर वर्गमाथि दमन गर्न सक्छ र त्यसो गर्ने निस्चित छ । त्यही काम उसले अहिले गर्दैछ, आफ्ना वर्गीय मित्रहरूलाई मजदुरहरू विरूद्ध विष वमनका लागि आव्हान गरेर । उसले के कुरा भुलिरहेको छ कि आखिरमा कान्तिपुर प्रकाशनको विगत, वर्तमान र भविश्य तिनै मजदुरहरूको रगत र पसिनामाथि खडा छ, जसलाई उसले उनीहरूको पसिनाको उचित मूल्य दिन मानीरहेको छैन् र परिणाम ती मजदुरहरू आक्रोषमा आउन वाध्य पारिएका छन् । राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, सभासदहरूआदिलाई आन्दोलनका विरूद्ध उभ्याएर के समस्याको समाधान सम्भव छ – कान्तिपुर प्रकाशनलाई मजदुर पक्षीय जनताले सोध्ने प्रश्न हो ।
कान्तिपुर प्रकाशनले भनेको छ, नेकपा-माओवादी र्समर्थक मजदुरहरूले आन्दोलन गरेका छन् । तर नेकपा-माओवादीले आधीकारिक रूपमा केही वोलेको छैन् । उसले भनेझै यो आन्दोलन एउटा सचेत आन्दोलन हो वा स्वतः स्फूत । यदि यो सचेतता पर्ूवक गरिएको हो भने यसको क्रान्तिकारी पक्ष बलियो छ । हैन् भने विगतमा गरिएका अन्य मजदुर आन्दोलनजस्तै यो पनि आर्थिक चलखेलमा समाप्त हुने निश्चित छ । मजदुर आन्दोलनमा पाइने तीन पक्ष-सैद्धान्तिक, राजनीतिक तथा आर्थिक-जसलाई व्यवहारिक पनि भनिन्छ) मध्ये यो आन्दोलनले समग्र तिनैपक्षलाई समेटेर अगाडि बढनु आवश्यक छ । यदि त्यसो गरिएन भने हरेक मजदुर आन्दोलनलाई पु“जीपति वर्गको दासतामा जकड्याउने कथित आन्दोलन सिवाय केही हुने छैन् । एउटा कुरा के सही हो भने मजदुर आन्दोलनको स्वतः स्फर्ूत स्वरूपलाई राजनीतिकरण तथा संगठीत गरिनु पर्ने आवश्यकतालाई र्सवहारावर्गको पार्टर्ीी वेलैमा आधारभूत कडीको रूपमा पक्रनु आवश्यक छ र मजदुर आन्दोलनलाई अर्थवादी भड्कावबाट कसरी जोगाउने सबैभन्दा अहम् प्रश्न अहिलेको नेपालको मजदुर आन्दोलनको समस्या हो । तर यति छोटो समयमा नै कान्तिपुर प्रकाशनले अत्तारिलयर जे गर्दैछ, त्यसवाट के स्पष्ट हुन्छ कि कान्तिपुर प्रकाशनभित्रको यो मजदुर आन्दोलनले सचेतताकासाथ अर्थवादी भड्कावबाट जोगाउन सफल हुने छ । कान्तिपुर प्रकाशनभित्रका आन्दोलनरत मजदुरहरूले जे गर्दैछन्, त्यो एउटा वर्गीय प्रश्नस“ग जोडिएको विषय हो र यसको दृघकालिन समाधान पनि वर्ग सङ्र्घष नै हो ।
मार्क्सवाद-लेनिनवाद-माओवादले मानेको सत्य के हो भने मजदुर वर्गलाई सुधार होइन्, क्रान्ति चाहिन्छ । उनीहरूलाई गुणात्मक परिवर्तन चाहिन्छ । मजदुर वर्गले समाजमा वर्ग उन्मूलन चाहन्छ । अहिले विभिन्न राजनीतिक दलका नेताहरू, सभासदहरू, नागरिक समाजआदिले मजदुरहरूलाई राजनीतिबाट अलग रहने उपदेश दिइरहेका छन्, ती सबैको एउटै उद्येश्य छ, त्यो भनेको उनीहरूलाई पु“जीवादी राजनीतिको जालमा फसाउने र सधैभरी पुजीपति वर्गको सत्तालाई टिकाइरहने हो । कार्ल मार्क्सले अन्तराष्ट्रिय मजदुर संघको आम नियमावलीमा लेख्नु भएका निम्न भनाइहरू नेपालको मजदुर आन्दोलनको सर्न्दर्भमा आज पनि सान्दर्भिक छन्, जस्मा उहा“ले भन्नु भएको छः”मजदुर वर्गको मुक्ति स्वयम् मजदुर वर्गद्धारा हासिल गरिनु पर्दछ । मजदुर वर्गको मुक्तिको अर्थ वर्ग विशेषाधिकारहरू तथा इज्जतदारहरूका लागि-जस्तै कान्तिपुरका मालिकहरू) होइन्, बरू समान अधिकार तथा कर्तव्यहरू र समस्त वर्ग शासनको उन्मूलनका लागि सङ्र्घष हो ।” त्यसकारण अहिले पनि राजनीतिक सत्ता-स्थानीय तहमा, कार्यक्षेत्र तहमा) हासिल गर्नु मजदुर वर्गको महान् कर्तव्य बनेको छ । कान्तिपुर प्रकाशनभित्रका क्रान्तिकारी मजदुर साथीहरू तपाईहरूको सङ्र्घष्ाप्रतिको सबै क्रान्तिकारीहरूको ऐक्यवद्धता अहिलेको आवश्यकता वन्दै गएको छ । जसरी पु“जीपति वर्गका हितैषी राजनीतिक दलका नेताहरू र सभासदहरूले उनका मालिकका पक्षमा ऐक्यवद्धता जाहेर गरिरहेका छन् । अहिले जसरी कान्तिपुर प्रकाशनभित्रका मजदुर साथीहरूले आर्थिक धरातलबाट आन्दोलनलाई अगाडि बढाउ“दै हुनुहुन्छ, त्यसलाई वैज्ञानिक सिद्धान्तका आधारमा स्वयं आफू र आफ्नो आन्दोलनलाई राजनीतिक धरातलमा उठाउन सफल हुनुहुने छ, त्यसदिन मजदुर विरोधी शीक्तको हार निश्चित छ ।

प्रतिक्रियाहरु