काठमाडाैँ – इन्दिरा गुरुङ

२०७३ माघ ४ गते, मंगलवार

एउटा थोत्रो बाइक पुछ्ने टालो समेत चोर्न नछोड्ने चोरै चोरको शहर काठमाडाैँ
खुटटा हाल्ने ठाउ छैन जता ततै फोहोरै फोहोर धुलै धुलोले ढाकेको काठमाडाैँ
नेपाली नेपालीबिच माया दया नभएको निष्ठुरी मुन्छेहरुमात्रै बस्ने ठाउ काठमाडाैँ
ताज़ा ताज़ा रागो बोको भन्दै रंगिन किराले भरिएको तन्दुरी बेच्ने ठाउ काठमाडाैँ
बिहे गरी हनिमुन भनि राजधानी घुम्न आउछन चाहिने भन्दा धेरै देखिने काठमाडाैँ
हराएमा डर छैन सुन भन्दा कम छैन लाए हुन्छ नत्र दिउसै घाटी रेटिने काठमाडाैँ
गाममा त एक बेला असार लाग्छ हिलो हुन्छ तर बार्है मास धान रोपौ रोपौ लाग्ने काठमाडाैँ
अनुहार देखाउ डडेर नचिन्ला भन्ने डर बार्हैमास बुर्क़ा लगाइ मुख छोपौ छोपौ लाग्ने काठमाडाैँ
मुसो बिरालो जस्ता नेताहरुलाई भोट दिई जितायो बाघ सम्झी यतै तिर मुन्टिने काठमाडाैँ
गाममाको सबै नाम मात्र जे गर्न नि यतै नमुन्टि नहुने यो काठमाडाैँ
कति मानिसहरु गाडी नदेखि मरे कति चढ्न भनि धाउछन काठमाडाैँ
भाको जति सबै थोत्रो खबेटाहरु यत्र तत्र थुपारी रमाउछन काठमाडाैँ
बाढीपहिरो भुइचालो सतिले सरापेको देशको राजधानी काठमाडाैँ
रहेनन सबै पुरात्वतिक सम्पति तैपनि के हेर्न मुन्टिन्छन काठमाडाैँ
दुइ बित्ताको बाटो त्यहि माथी भाको नभाको सबै निति नियम लाद्ने काठमाडाैँ
ठुला बड़ालाई सधै स्वतन्त्र साना तिनीलाई मात्र नियम लाद्ने काठमाडाैँ
७५ रै जिल्लामा कस्को घर हुन्छ र तर यहा एउटा खम्बा ठडाए मै हु भन्ने काठमाडाैँ
त्यहि ७४ जिल्लाको मुन्छेको पोइसोले सास तान्दै फ्याक्दै छौ त्यो नभुलेस काठमाडाैँ
सबै खुट्टा तानातान कति कुराहरु बुज्दैन तर पनि भन्न पर्या छ बेला बेला जय नेपाल ✊
आमा सम्झेर एक जुट भइ लागौ बनाउन देश नत्र होला सबको मुखमा एकदिन खै नेपाल

प्रतिक्रियाहरु