एमाले महाधिवेसनको संघारमा, ओली र नेपालबीच भाले भिडन्त हुने

२०७१ असार १४ गते, शनिबार

काठमाडौँ । नेकपा -एमालेको असार १९ देखि २५ गतेसम्म काठमाडौँमा हुने नवौँ महाधिवेशनका लागि प्रतिनिधि चयनको काम लगभग सकिएको छ । तर, महाधिवेशनका लागि प्रतिनिधि को कता को – भन्ने बारेमा भने अध्यक्षका उमेदवारहरु र तिनका समूहबीचको दावी भने रमाइलो छ । दुवै समूहले आफूले जित्ने दावी गरेकै छन् भने संख्यासमेत आफ्नो पक्षमा यति रहेको भनेर र्सार्वजनिक गर्दा महाधिवेशन प्रतिनिधिको संख्या करिव ३ हजार पुग्ने देखिएको छ । तर, वास्तविकतामा त्यो संख्या करिब २३ सय मात्र हुन आउँछ । माधव नेपाल समूहका अनुसार पहिलो चरणसम्म रक्षात्मक अवस्थामा रहेको नेपाल समूह अब जीततर्फअघि बढेको छ । हुन पनि ओली समूहले धेरै आधा राखेको काठमाडौँ उपत्यका दोलखालगायतका कतिपय जिल्ला र जनवर्गीय संगठनमा ओली पक्ष रक्षात्मक बनेपछि नेपाल समूह हौसिएको छ । नयाँ तथ्यहरुले जीत नजिक पुगेको आँकलन पछि नेपाल समूह आफ्नो समूहबाट पदाधिकारीमा कसलाई उठाउने भन्नेमा गृहकार्यमा जुटेको बताइएको छ र सो समूहका रघु पन्तका अनुसार औपचारिक कार्यक्रममार्फ् पदाधिकारीको पनि अब घोषणा हुन्छ । तथ्यहरुले अब सहमतिकै उमेदवार पनि माधवकुमार नेपाल नै हुने देखाएको नेपाल समूहका महासचिवका प्रस्तावित उमेदवार सुरेन्द्र पाण्डेले बताउँछन् । सहमतिमा झलनाथ खनाल हुने सम्भावना अब नरहेको उल्लेख गर्दै पाण्डेले खनालले पनि नेपाललाई नै र्समर्थन गर्ने प्रष्ट्याए । केन्द्रिय सदस्य ठाकुर गैरे तथा युवा नेता जगन्नाथ खतिवडाले विचार र नेतृत्व दुबैको लडाइ महाधिवेशनमा हुने बताए । दुवैले यस पटक केन्द्रिय समितिमा उमेदवारी दिँदै पनि छन् । नेपाल समूहबाट बिष्णु रिजाल र द्वन्द्व विशेषज्ञ दिपक प्रकाश भट्टले केन्द्रिय समदस्यमा उमेदवार बन्ने घोषणा गरेका छन् । योगेश भट्टर्राई र घनश्याम भुसाल पदाधिकारीमा उमेदवार बन्ने चर्चा कार्यकर्ताहरुमा व्यापक छ । महाधिवेशनका लागि चयन भएका १८ सय आठ प्रतिनिधि चयन भएकामा १११४ आफ्ना पक्षमा देखिएको माध नेपाल समूहको दावी छ । नेपाल समूहका महासचिवका प्रस्तावित उमेदवार सुरेन्द्र पाण्डेले केपी समूहमा ७२३ मत रहेको २० मत तटस्त रहेको ठोकुवा गरेका छन् । १८ सय प्रतिनिधिको ५ प्रतिशत मनोनयन हुने र त्यसमा आफ्नो भागमा करिव पचास प्रतिशत पर्ने दावी पनि नेपाल समूहको छ । सबै २२ सयभन्दा वढी प्रतिनिधिको नाम टुङगो लाग्दा अहिलेको अनुपातनै कायम रहने दावी पनि नेपाल समूहको छ । अहिलेसम्म कुल २ हजार १ सय ७ प्रतिनिधि छानिइसकेका र तीमध्ये नेतृत्व हस्तान्तरणको पक्षमा अर्थात्, संसदीय दलका नेता केपी शर्मा ओलीको पक्षमा एक हजार चार सय ३५ जना प्रतिनिधि विजयी भएको ओली समूहको दावी छ । बाँकी प्रतिनिधि अध्यक्ष पदका उम्मेदवारमा प्रस्तावित भनिएका वरिष्ठ नेता माधव नेपालको पक्ष र तटस्थ रहेका अध्यक्ष झलनाथ खनालको पक्षका रहेका छन् । १८ सयमा भने ११३७ मत आफ्नो पक्षमा रहेको ओली पक्षको दावी छ । नेकपा एमालेको आसन्न नवौँ महाधिवेशनमा कुल प्रतिनिधि करिब २ हजार १ सय ३० हुने भएका छन् । केन्द्रिय कमिटी र केन्द्रिय निकायका समेत गरी २ सय ५६ पदेनसहित महाधिवेशनमा जम्मा २ हजार २ सय २८ प्रतिनिधि सहभागी हुनेछन् । एमाले बुझेकाहरुले भने दुवै पक्षले दावी जे गरे पनि अध्यक्ष पदमा करिव सय मतको अन्तरमा जीत हार हुने दावी गरेका छन् ।
यसैबीच, नेकपा -एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि आजदेखि भृकुटीमण्डपमा सचिवालय स्थापना हुने भएको छ । अहिलेसम्म पार्टीार्यालयबाटै सो सचिवालयले काम गर्दै आएकामा पार्टीे यही असार १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने छ । पार्टर्ीीे जनसङ्गठन तथा काठमाडौँ उपत्यकाबाट करिब २०० स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइनेछ । महाधिवेशनमा देशभरबाट करिब दुइ हजार प्रतिनिधि तथा विदेशबाट ३०० पाहुना सहभागी हुने पार्टर्ीी जनाएको छ । उनीहरुलाई खानाका लागि महाधिवेशनस्थल तथा सुत्नका लागि ज्याठा, पुतलीसडक र सुन्धरामा प्रबन्ध मिलाइएको बताइएको छ । यसैक्रममा, नेकपा एमालेले आसन्न नवौँ महाविधेशनका लागि पाँच करोड रुपैयाँ खर्च लाग्ने भन्दै रकम जुटाउन हम्मेहम्मे परेको जनाएको छ । महाधिवेशनमा पाँच करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक कार्ययोजना बनाए पनि सो रकम उठाउन नसकिने आर्थिक विभाग उपसमितिको निष्कर्षछ । एमालेले महाधिवेशनका लागि सातवटा उपसमिति बनाएको छ । ती सबै उपसमितिलाई आवश्यक पर्ने खर्चको प्रबन्ध आर्थिक उपसमितिले गर्नेछ । सातवटै उपसमितिले मागेबमोजिमको खर्च दिन गाह्रो पर्ने आर्थिक उपसमितिका संयोजक डा. गोविन्द थापाले बताए । उनले भने, ‘खाद्य उपसमितिले मात्र दर्ुइ करोड मागेको छ, विभिन्न उपसमितिले माग गरेबमोजिमको रकम दिन गाह्रो पर्ला जस्तो छ ।’ उनले मन्त्री, सभासद्, कार्यकर्ता तथा संगठित सदस्य र शुभेच्छुकहरुबाट स्वेच्छिक चन्दास्वरुप दिएको पैसाले पाँच करोड नपुग्ने बताए । आर्थिक उपसमितिले आवश्यक पाँच करोडको बढीमा असी प्रतिशतसम्म रकम उठ्न सक्ने आँकलन गरेको छ । महाधिवेशनस्थल निर्माण, अतिथि सत्कार, लजिस्टिकका लागि पनि धेरै खर्च हुन्छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङका लागि २० लाख, प्रतिनिधि स्वयंसेवकलाई ब्याग दिन १८ लाख, प्रचार सामग्रीलगायतमा धेरै खर्च हुने एमालेले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु