उपनियन्त्रक कोइरालालाई कालोमोसो

२०७४ श्रावण ६ गते, शुक्रबार

काठमाडौं, ६ साउन । नेकपा निकट अखिल क्रान्तिकारीले प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद (सिटिइभिटी) का परीक्षा शाखाका उपनियन्त्रक नवराज कोइरालालाई कालोमोसो दलेको छ । उसले चेतावनी स्वरुप उपनियन्त्रक नवराज कोइरालालाई कालोमोसो दलेको बताएको छ ।
अखिल क्रान्तिकारीले उपनियन्त्रक नवराज कोइरालालाई निम्न कारणले गर्दा कालोमोसो दल्नु परेको बताएको छ –
१. विगत केही वर्षदेखि शैक्षिक दलालहरुसँग प्रश्नपत्र किनबेच गरेर ठूलो पैसाको चलखेलमा संलग्न रहेको ।
२. शैक्षिक दलालहरुसँग मिलेमतोमा परीक्षा केन्द्रहरु निर्धारण गरेको ।
३. विद्यार्थीको नाम निकालेदिने भन्दै विभिन्न ठाउँबाट पैसा असुली गर्ने गरोह परिचालन गरेको ।
४. रिजल्ट तथा परीक्षा शैक्षिक दलालका कारण समयमै हुन नसकेको ।
५. केही भ्रष्ट गिरोहसँग मिलेर छात्रवृत्तिमा नाम निकाल्ने तथा रिजल्टमा कमिसन खाने गरेको ।
६. परीक्षामा चरम लापरवाही गरेको र नीतिगत, आर्थिक भ्रष्टाचार गरेको ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु