उपत्यकासहित ११ जिल्लामा शैक्षिक हड्ताल

२०७६ असार ६ गते, शुक्रबार

काठमाडौ, ६ असार । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज उपत्यकासहित ११ जिल्लामा शैक्षिक हड्ताल आव्हान गरेको छ । पूर्वघोषित कार्यक्रम अन्तरगत नै आज उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो । संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा आज बन्द आह्वान गरेको हो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले वर्तमान सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा एक दिने शैक्षीक हड्ताल गरिएको बताए ।
सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउन खोजेको भन्दै अध्यक्ष ढकालले जस्तोसुकै दमन गरेपनि नझुक्ने दृणता व्यक्त गरे ।
बन्दको पूर्वसन्ध्यामा काठमाडौंसहित देशका बिभिन्न जिल्लाहरुमा मसाल जुलुस निकालेको थियो । यसैक्रममा अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौंले पनि बिभिन्न स्थानमा मसाल निकालेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु