उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौं, ८ मंसिर । उद्योग मन्त्री सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराईएको छ । आज बिहान र धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बम विष्फोट गराएको बताइएको छ । थप विवरण आउँन बाकि छ ।
यसैगरी , रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पाको सीमाना पर्ने चोप्राङ मतदान केन्द्रमा माइन बम बिस्फोट भएको छ । चुनावी गाडीलाई लक्षित गरी जमिनमुनि बिछ्याएर राखिएको बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा गाडी नपरेपनि तहाँको स्थिति तनावग्रस्त बनेको छ । मतदान केन्द्र नजिकै बम बिस्फोट भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यता , नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडि रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि बिहान बम भेटिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु