ई–लाइव्रेरी सञ्चालनमा आउन सकेन

२०७३ असार ७ गते, मंगलवार

काठमाडौं, ७ असार । स्थापना भएको दुई वर्ष वित्दा पनि धनकुटा वहुमुखि क्याम्पसको विद्युतिय पस्तकालय सञ्चालनमा आउन सकेन । धनकुटा वहुमुखि क्याम्पसमा स्थापना गरिएको विद्युतिय पुस्तकालाय (ई–लाइव्रेरी) अझै सञ्चालनमा आउन सकेको छैन् । दुई वर्ष अधि स्थापना गरीएको विद्युतिय पूस्तकालय दक्ष जनशक्तिको अभावको कारण सञ्चालन हुन नसकेको हो । विद्यार्थीलाई पढाईमा सहज पुर्याउने उद्देश्यका साथ त्रिभुवन विश्व विद्यालयले सहयोगमा इ–लाईव्रेरी स्थापना गरिएको थियो । दरवन्दी तथा जनशक्ति अभावको कारण विद्युतिय पुस्तकालय सञ्चालनमा ल्याउन नसकेको धनकुटा वहुमुखि क्याम्पसका प्रमुख निरन्जन वस्तीले वताए । विश्व विद्यालयले विद्युतिय पुस्तकालय दिए पनि दरवन्धी र जनशक्ति नदिएको करण इ लाईवेरी वन्द हुने अवस्था आएको क्याम्पस प्रमुख वस्तीले वताए ।
अहिले धनकुटा वहुमुखि क्याम्पसको विद्युतिय पुस्तकालयमा १६ वटा कम्प्युटर रहेकोमा कुनै पनि सञ्चालनमा आएका छ्रैन । यसैगरी विद्यार्थीले चासो नदेखाएका कारण विद्युतिय पुस्तकालय सञ्चालनमा नआएका धनकुटा वहुमुखि क्याम्पसका पुस्तकालय शाखा प्रमुख हुमा ढकालले वताए । पुस्तकालय शाखा प्रमुख ढकालका अनुसार धनकुटा वहुमुखि क्याम्पसको पूस्तकालयमा ३० हजार भन्दा वढि पूस्तकहरु रहेका छन् । यसलाई व्यवस्थीत गर्नका लागि कम्प्युटराइजिङ पद्दतीद्धारा दर्ता गर्ने काम भईरहेको छ । पुस्तकालयको भौतिक परिक्षण नहुदा पुस्तकालयमा कति संख्यामा पुस्तकहरु रहेका छन् सो परिमाण थाहा नभएको प्रमखु ढकालले जानकारी दिए । – मणिकुमार श्रेष्ठ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु