इराकस्थित अमेरिकी सेनाको क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार

२०७६ पुष २३ गते, बुधबार

काठमाडौं , २३ पुष । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ । कम्तीमा एक दर्जन क्षेप्यास्त्र प्रहार गरिएपनि घटनाबाट भएको क्षतिबारे भने विस्तृत विवरण आएको छैन । इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी शीर्ष कमान्डर सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकाको थुप्रै सैन्य शिविरलाई इरानले निशाना बनाउनेछ । खासगरी खाडीका विभिन्न देशमा रहेर इरानविरुद्ध गतिविध गरिरहेका अमेरिकी शिविरहरुमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु