‘आरोही’को पहिलो पोष्टर सार्बजनिक

२०७५ बैशाख ५ गते, बुधबार

काठमाडौं, ५ बैशाख । नेपाली कथानक चलचित्र “आरोही” को पहिलो पोष्टर (फस्ट लुक्स ) सार्बजनिक भएको छ । निकट भबिस्य मै नेपाल तथा बाह्य देशहरुमा प्रर्दशनी मिती तय गरिने भनिएको चलचित्र आरोहीको पाँचथरमा एक कार्यक्रम बिच पहिलो पोष्टर (फस्ट लुक्स ) सार्बजनिक गरिएको हो । हाम्रो थिएटर नेपालको सहकार्यमा युजेश फिल्मस् प्रा.लि ले प्रस्तुत गरेको सो चलचित्रले सामाजको विकृति विसंगती माथि चिरफार गर्दै निर्मित, नारी प्रधान तथा प्रेमिल जोडिहरुको आरोह अवरोह, यात्रा वा संघर्षकोकथा समेटेको निर्माता नबिन ढुंगेलले बताउछन ।

उक्त चलचित्रमा प्रेम, रोमान्स, कमेडि र एक्सन समेत रहेको र बिभिन्न तवरबाट चलचित्र हेर्ने दर्शकहरुले यो एकै चलचित्रबाट भरपुर मनोरञ्जन पाउने निर्देशक एन बी अन्जानले बताए । यस चलचित्रमा प्रज्वल गिरी, सोनिया गिरी (रन्जु), खुस्बु पौडेल, राधिका घिमिरे, अभय चन्द, पुष्कर भट्ट, लय संग्रौला, घनश्याम गिरी, रेशम फिरिरी, किरण थापा, राकेश गिरी, जयना कुंवर, दिल बहादुर कठायत, सुरज पराजुली, सुमित्रा अधिकारी, सुरेन्द्र खड्का लगायतको अभिनय रहेको छ । एन बी अन्जानको लेखन तथा निर्देशनमा निर्मित आरोहीमा संगम खनाल, मबिन्द्र योङया, नविन ढुंगेल, शंकर आङदेम्बे, राजन खतिवडा, हरि सुबेदी, रमेश आङदेम्बे, कुसुम बाँस्कोटा (एकल यात्री), मुकुन्द घिमिरे, दिपेन्द्र कोइराला, कुमार ओझा, अजय सुब्बा, सुरज पराजुली, अतित लिम्बु लगायतको निर्माण रहेकोछ । यस चलचित्रलाई नेपालका विभिन्न ऐतिहासिक क्षेत्र तथा रमणिय स्थानहरुमा खिचिएकोछ । चलचित्रको छायाङकन मदन कास्यप घिमिरेले गरेका हुन् । दयाराम पाण्डे, टंक बुढाथोकी र दिनेश सुवेदीको शब्दमा टंक बुढाथोकी र ओम सुनार ले संगीत भरेका छन्। गायक गायिकामा टंक बुढाथोकी, ओम सुनार, मेलिना राई, जुना प्रसाई, मनिषा पोखरेल छन्। द्वन्द्व चन्द्र पन्त, नृत्य शंकर बि सी, कार्यकारी निर्देशन नवराज शर्मा, सम्पादन सुबास देवकोटा, भि एफ एक्स समिर मिया र श्रीकृष्ण श्रेष्ठ, कलर संयोजन समिर मिया, पोष्ट पोडक्सन मोसन स्टुडियो, पाश्र्व संगीत श्रीकृष्ण , मिक्सिङ आचल श्री (मुम्बई) र पोष्टर डिजाइन श्रीकृष्ण श्रेष्ठ को रहेको छ ।

प्रतिक्रियाहरु