आज र भोलि देशभर नै बर्षा हुने

२०७२ असार २२ गते, मंगलवार

काठमाडौ, २२ असार । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर नियमित वर्षा हुने बताएको छ । आज र भोलि दुई दिनसम्म देशभर वर्षा हुने र सुदूरपश्चिमका केही स्थानमा नियमित र भारी वर्षाको समेत सम्भावना विभागले जनाएको छ । ठूलो बर्षासँगै बाढीको खतरा रहेकाले सजक रहन मौसन विज्ञले सुझाव दिएका छन् ।
शुक्रबारसम्म बर्षा जारी रहने पनि मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिमका नौ जिल्ला र तीनको आसपास, मध्यपश्चिम र मध्यनेपालमा नियमित हुने वर्षाले बाढी पहिरोको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । भारतीय केन्द्रले आज पश्चिम बंगाल, उत्तराखण्ड, उत्तरप्रदेशको पश्चिम क्षेत्र र बिहारमा अत्यधिक भारी वर्षाको सम्भावना औंल्याएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु