आज नेपाल बन्द , बन्दकाे अवज्ञा गर्ने दर्जनौ सवारी साधनमा अागजनी

२०७३ श्रावण १० गते, सोमबार

काठमाडाैँ, १० साउन । सर्लाहीकाे सागरनाथमा लामाे समयदेखि बासाेबास गरिरहेका सुकुम्बासीमाथि सरकारले गरेकाे दमन र उठिबासविरुद्ध नेकपा माअाेवादीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे छ । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको नेकपा माओवादीले आज नेपाल बन्द गर्नु परेको बताएको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव देशभर परेकाे छ । बजार,उद्याेग, कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्रमा बन्दकाे प्रभाव परेकाे छ । लामाे तथा छाेटाे दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
काठमाडाैँमा बन्दकाे अवज्ञा गरेकाे भन्दै बनेश्वर र गाैशालालगातका क्षेत्रबाट एक दर्जन सवारी सधानमाथि बन्दकर्ताले अागजनी गरेका छन् ।
विहान ६ बजे वानेश्वरस्थित संसद भवन अगाडि उक्त ट्याक्सीमाथि अागजनी गरेकाे प्रहरीले जनाएकाे छ । ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएकाे बताइएकाे छ ।
सेती ब्यूराे इन्चार्ज शरद सिंह भण्डारीले दिएकाे जानकारी अनुसार नेकपा माअाेवादीका बैतडी सेक्रेटरी बासुदेेव जाेशीसहित १० जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकाे छ ।
त्यसैगरी पाेखरामा प्रहरीले कास्की दुई जनालाई पक्राउ गरेकाे छ । पोखराको नागढुंगाबाट माअाेवादी जिल्ला नेता प्रकाश वास्तोला र अशोक भण्डारीलाई गिरफ्तार परेका छन् । नेकपा माओवादी कास्कीका सचिव पूणजीत पुनले अाफ्ना दुई जना कार्यकर्ता पक्राउ परेकाे बताएका छन् ।
त्यसैगरी धनकुटामा पनि बन्दको पूर्ण प्रभाब परेको बताइएको छ । त्यहा बजार,उद्याेग, कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्रमा बन्दकाे प्रभाव परेकाे छ । लामाे तथा छाेटाे दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु