आज देशभरीको मौसम सफा रहने

२०७६ माघ ८ गते, बुधबार

काठमाडाैँ, ८ माघ । मौसम पूर्वानुमान महाशाखाले आज देशभरीको मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भू–भागका अधिकांश स्थान र पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । अन्य भागमा मौसम सफा भएपनि तराईका भू–भागमा भने हुस्सु र कुहिरो कायमै रहनेछ । आज राति पनि मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।
तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद् विभूति पोखरेलले आग्रह गरे । भोलिदेखि भने मौसम बदली हुनेछ । मौसम बदली भई तापक्रम बृद्धि हुने भएपनि चिसो भने कायमै रहने मौसमविद्को भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु