आज इच्छुक स्मृति दिवस

२०७५ जेष्ठ १३ गते, आईतवार

काठमाडौं, १३ जेठ । आज पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १६ औं स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । यसैक्रममा काठमाडौंको शान्तिबाटीबाट प्रभातफेरी सुरु गरि सेनको हत्या गरिएको भृकुटिमण्डपस्थित नेपाल पुलिस क्लब अगाडि आएर कोणसभा गरि सम्पन्न भएको छ ।
उता, क्रान्तिकारी पत्रकार संगठन नेपाल लुम्बिनी ब्यूरोले बुटवलस्थित नेपाल पत्रकार महासंघका सभाहलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सेनको सम्झनामा प्रकाशित जनदायित्वको विमोचन समेत हुनेछ ।
त्यसैगरी क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले हेटौडामा पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । सेनको सम्झनामा स्थापना गरिएको कृष्ण सेन ‘ईन्छुक’ पत्रकारिता पुरस्कार वितरण र ‘फोन डायरी’ समेत विमोचन गरिने क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले जनाएको छ ।
२०५९ जेठ १३ गते प्रहरीले गिरफ्तार गरी चरम यातना दिएर तत्कालिन महेन्द्र पुलिस क्लवभित्रै हत्या गरेको थियो । आज १६ पुग्दा समेत इच्छुकका हत्यारालाई कारवाही भएको छैन । तत्कालिन जनयुद्धको नेतृत्वकर्ताहरुले नै पटक पटक सरकारको नेतृत्व गरिसक्दा समेत इच्छुकका हत्यारा सानका साथ हिडिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु