अखिल क्रान्तिकारीद्वारा शैक्षिक सस्था बन्दको घोषणा

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले आज काठमाडौं जिल्लाका सैक्षिक सस्था बन्दको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लाल बहादूर बिसीले सयुक्त बिज्ञप्ति निकाल्दै मंगलबार शैक्षिक सस्था बन्दको घोषणा गरेका हुन् । विज्ञप्तिमा प्लस-टु को परिक्षामा कुनै रोक नलगाइएको जनाइएको छ ।हिरासतमै अनशन बसेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको अखिल क्रन्तिकारीका ७ कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेपछि त्यसको विरोधमा उनीहरुले सैक्षिक सस्था बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु