अाज नेपाल बन्द, दर्जनौ गाडीहरूमा अागजनी

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरे‍को नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । बन्दका कारण देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् । बन्दलार्इ अस्वीकार गर्ने दर्जनौ गाडीहरू अागजनीमा परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङलगायत देशका विभिन्न स्थानमा मालबहाक ट्रक र सवारी साधनहरू अागजनी गरेका हुन् ।
यसैक्रममा बन्दलार्इ अटेर गरेर सवारी साधन चलाएकाे भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी भएका छन् । झापाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् । विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड भएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् ।
यता काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेका छन् भर्खरै एक सरकारी गाडीमा आगजनी भएको छ । काठमाडाैंकाे मध्य बानेश्वरस्थित एपेक्स कलेजअगाडि एक सरकारी गाडीलार्इ अागजनी गरिएकाे छ । अागजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएकाे बताइएकाे छ । यता काठमाडौंस्थित सेतो पुलनजिकै एक सरकारी कारमा तोडफोड भएको समाचार छ । यता बन्दकै क्रममा आज राती पाल्पा, म्याग्दी र राजधानीका विभिन्न स्थानमा बम विस्फोट भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु