अस्ट्रेलियामा ‘गाेर्खा वे’ !

२०७७ असार २० गते, शनिबार


काठमाडौँ, २० असार । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्धम भाले (Wyndham Vale) काउन्सिलमा एक बाटाेकाे नाम ‘गाेर्खा मार्ग’ राखिएकाे छ । त्यहाँ बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विश्वयुद्धमा बहादुरी प्रदर्शन गरेर वीरगति प्राप्त गर्ने नेपालीको सझनामा एउटा बाटोको नाम गाेर्खा मार्ग (Gorkha Way) राखिएको हाे । यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी रहेका छन्, जस्ले करीब १ हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।

प्रतिक्रियाहरु