असोज ३१ बाट आगो-२

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाडौँ । मदन घिमिरेद्वारा निर्देशित चलचित्र असोज ३१ गते देखि नेपालभर पर््रदशनमा आउने भएको छ । किसान पोख्रेलको प्रस्तुति आगोको सफलता पछि आगो-२ सिक्वेलको रुपमा आउँदै छ । किरण थापाको निमार्ण्र्ााथा गुणराज राज भण्डारी, विजय लामा कार्यकारी निर्माता रहेको यस चलचित्रमा संगीत विकास चौधरीले दिएका छन् । किसान पोख्रेलको कथा सिवम अधिकारीको पटकथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व, राजु शाहको नृत्य एवं शम्भु सपकोटाको छाँयकन रहेको छ आगो-२ मा । समाजमा घटेका विकृति, विसंगतीप्रति सल्लकेको आगो, आम नेपालीको वेरोजगारी, स्वास्थ्य शिक्षालाई चलचित्रको विषयवस्तु बनाइएको छ । सुशिल क्षेत्री, प्रीया रिजाल, गणेश उप्रेति, गणेश गिरी, सारिका घिमिरे, हेमन्त बुढाथोकी, सुन्दर श्रेष्ठ, राधा श्रेष्ठका साथमा नवप्रस्तुतिका रुपमा किसान सुनारको अभिनय रहेको छ आगो-२मा । आगोको चर्चित गीत माया बस्यो मुटुमा रिमिक्स गरिएको आगो-२ अहिले नेपाल वाहिर दार्जिलिङ, सिक्किम, मलेसिया र नेपालमा पोखरा, तनहुलगायतका ठाउँहरुमा विशेष शो गरी सोबाट उठेको रकम २५ प्रतिशत बाढी पिडितहरुलाई दिइने कार्यकारी निर्माता किसान पोख्रेलले बताए ।

प्रतिक्रियाहरु