अर्थशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका जाँ टिरोललाई

२०७१ आश्विन २८ गते, मंगलवार


काठमाडौं २८ असोज । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका अर्थशास्त्री जाँ टिरोललाई प्रदान गरिने भएको छ । ठूला कम्पनी, बजारको शक्ति तथा नियममा गरिएको बिश्लेषणका लागि टिरोललाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको रोयल एकेडेमी अफ सान्सेजले जनाएको छ ।
निर्णायक समितिले धेरै उद्योगहरु एकल एकाधिकार जा ठूलो ब्यापारिक संस्थाको प्रभावमा रहेको उल्लेख गरेको छ । समितिले यस्तो बजारलाई नियमन नगर्दा समाजिक रुपमा अनावश्यक नतिजा दिने, उत्पादनको लागतभन्दा मूल्य उच्च हुने र अनुत्पादक ब्यापारिक संस्थाले नयाँ तथा थप उत्पादक संस्थालाई बजारमा आउन नदिने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ ।
समितिले हालका बर्षमा राष्ट्रिय अर्थतन्त्रको ब्यबस्थापनमा बजारको शक्ति तथा सही नियमनको महत्व प्रमुख बिषय भएको उल्लेख गरेको छ ।
टिरोल यस बर्ष नोबेल पुरस्कारबाट सम्मानित हुने दोश्रा फ्रान्सेली नागरिक हुन् भने उनी आफनो समयमा सबैभन्दा प्रभावशाली अर्थशास्त्री मानिन्छन् । पुरस्कार आगामी डिसेम्बर १० का दिन स्टकहोममा बिशेष समारोहका बीच प्रदान गरिने छ ।

प्रतिक्रियाहरु