अमेरिकामा आँधी, १३ जनाको मृत्यु

२०७५ आश्विन २५ गते, बिहीबार

काठमाडौं, २५ असोज । मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभावित पारेको छ । प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति पुर्‍याएको छ । रुखहरु ढल्दा यातायात अबरुद्ध भएको छ । फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । यो फ्लोरिडाको इतिहामै सय सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु