अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुदै

२०७६ कार्तिक ४ गते, सोमबार

काठमाडाैँ, ४ कार्तिक । आजदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त पहलमा सम्मेलन हुन् लागेको हो ।
‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करिब तीन सय स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने बताइएको छ । सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १ सय ५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहनेछ ।
नाष्टका अनुसार सो सम्मेलन छलफलहरु हुने समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु